नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक बिहीबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
भुटानको थिम्पुमा सम्पन्न दोस्राे भुटान जिता-क्योइ जुडो प्रतियोगितामा नेपालले ३ स्वर्ण र २ रजत पदक जितेको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशन आज सकिँदै छ । सम्मेलनमा बिहीबार सात समूहगत छलफलको निष्कर्ष सुनाइने छ ।
रुपन्देहीको ऐतिहासिक तथा धार्मिक स्थल मलमला मन्दिर यस क्षेत्रका हजारौँ भक्तजनको आस्थाको केन्द्र हो । मलमला मन्दिरमा दैनिक दर्जनौँ दर्शनार्थी पूजापाठका लागि पुग्ने गर्दछन् तर यही मन्दिरमा विगत दुई महिनादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । बस्तीदेखि टाढा र चुरे पहाडको माथि जङ्गलमा मन्दिर रहेकाले बिहान र साँझ दर्शन गर्न पुग्ने भक्तजनले विद्युत् नहुँदा असुरक्षित महसुस गर्नु परेको छ । रुपन्देहीको सैनामैना नगरपालिका–६ मा रहेको मन्दिर क्षेत्रमा अवरुद्ध भएको बिजुली जोड्नेतर्फ मलमला एकीकृत सामुदायिक विकास केन्द्रले कुनै चासो दिएको छैन । उक्त क्षेत्रमा गत मङ्सिर २५ गते विद्युत् सर्ट भएयता बिजुली बलेको छैन ।
सिंहदरबारमा बस्ने बैठकमा मुलुकमा विद्यमान राजश्व संकलन र चुहावटको स्थिति र भन्सार कार्यालयहरुमा रहेका समस्या र समाधानका उपाय सम्बन्धमा छलफल हुनुका साथै सोह्रौं पञ्चवर्षिय योजनाको मस्यौदा सम्बन्धमा छलफल हुनेछ ।
बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा एक पटकमा एउटा मात्र गाडी आउजाउ गर्ने साइनबोर्ड टाँस गरिएको छ । दुई वर्षअघि बनेको ६० मिटर लम्बाइ भएको सो पुलका लागि पाँच करोड ९६ लाख १२ हजार १३० रुपियाँ लगानीमा रोजेन्द्र थेगिम जेभी कैलालीले निर्माणको जिम्मा लिएको थियो ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको ७५ औं वार्षिक उत्सव (हिरक जयन्ती) मनाउन सुरु गरिएको छ ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च प्रगति न्यून देखिएको छ । कुल १७ अर्ब एक करोड ५१ लाख रुपियाँ बजेट विनियोजन गरेको प्रदेश सरकारले माघ मसान्तसम्म दुई अर्ब ५१ करोड २१ लाख (१४.८२ प्रतिशत) रुपियाँ बजेट मात्रै खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार यही अवधिमा चालु खर्च भने तीन अर्ब १६ करोड आठ लाख रुपियाँ (२६.५०) पुगेको छ । चालु आवमा पाँच अर्ब ६८ करोड ३० लाख रुपियाँ (१९.४३ प्रतिशत) खर्च गरेको छ ।
नवलपुर–मलङ्गवा सडक खण्डअन्तर्गत सर्लाहीको मलङ्गवा नगरपालिका–११, गम्हरियामा बुधबार साँझ दुईवटा भारतीय मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
बाजुराको पूर्वीउत्तर क्षेत्रमा रहेको स्वामिकार्तिक गाउँपालिकाका सबै गाउँबस्ती तथा वडा सडक सञ्जालमा जोडिएका छन् । सडक सञ्जालका कारण दैनिक उपभोग्य सामग्री घरमै ढुवानी गर्न सहज भएको छ । गाउँपालिकाले पनि सडक निर्माणलाई पहिलो प्राथमिकता राखेर काम गर्दै आएको बताइएको छ । दैनिक उपभोग्य सामग्री ल्याउन एक महिना लाग्थ्यो । अहिले घरछेउबाटै सडक निर्माण भएपछि व्यापार व्यवसाय गर्न निकै सहज भएको स्वामिकार्तिक गाउँपालिका–१ का अनोज धामीले बताउनुभयो ।
जनताका घरघरमा खानेपानी पु-याउने मलाई धोको छ । एक नगरपालिका र आठवटा गाउँपालिका रहेको यस जिल्लाका धेरै स्थानमा अहिले पनि सहज खानेपानीको सुविधा छैन ।
गोरखाको गोरखा जिल्लाको हिमाल पारिको विकट गाउँपालिका चुमनुब्री साविकका सामगाउँ, ल्हो, प्रोक, बिही, छेकेम्पापर, चुम्चेत र सिर्दिबास गाउँ विकास समिति मिलेर बनेको हो । बुढीगण्डकी नदीको पश्चिमी भागमा पर्ने यो गाउँपालिका समुद्री सतहबाट एक हजार दुई ३९ मिटरदेखि आठ हजार एक ६३ मिटरसम्मको उचाइमा अवस्थित छ । नेपालको आठौँ उच्च शिखर मनास्लु हिमाल (८१६३ मिटर) यही गाउँपालिकामा पर्दछ । कुल जनसंख्या नौ हजार दुई सय ८९ जना रहेको यो गाउँपालिकामा गएको स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को तर्फबाट निमा लामा अध्यक्षमा चुनिनुभएको छ । गाउँपालिकाको समग्र विकास र गतिविधिबारे गोरखापत्रका सुलीकोट (गोरखा) समाचारदाता गुणबहादुर रोकाले गर्नुभएको कुराकानी :
कपिलवस्तुस्थित पूर्व पश्चिम राजमार्गअन्तर्गत शिवराज नगरपालिका १ सुरही खोलामा बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । मृत्यु हुने १० जनामध्ये तीन जनाको सनाखत भएको छ । साथै घाइते ३० जनाको पहिचान खुलेको छ ।