रफाहमा इजरायली सैन्य कारबाहीले गाजामा नरसंहार निम्त्याई निरीह मानिसहरूकाे मृत्यु हुनसक्ने चेतावनी संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला उप–महासचिव मार्टिन ग्रिफिथ्सले मङ्गलबार जारी गर्नुभएको छ ।
शक्तिशाली आँधीका कारण पूर्वी अष्ट्रेलियामा एक लाख ७४ हजार घर तथा व्यवसायमा क्षति पुगेको अधिकारीहरूले बुधबार बताएका छन् । भिक्टोरिया राज्यको ठूलो भू
बाजुराका बाढीपहिरोबाट विस्थापित बस्तीलाई स्थानान्तरणमा सकस भएको छ ।
नेपाल विद्युत प्राधिकरणले स्वदेशी साना लगानीकर्ताहरुको विद्युतमा लगानी प्रोत्साहन गर्न १० मेगावाटसम्मका जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) खुल्ला गर्ने निर्णय गरेको छ ।
विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई थप दश दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले दलबिच गठबन्धन संस्कृतिको अभावमा सिङ्गो प्रणालीलाई विकृत बनाउनेतर्फ उद्यत भएको बताउनुभएको छ ।
नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ ।
सुदूरपश्चिममा कृषि बीमातर्फ किसानको आकर्षण बढ्न सकेको छैन । कृषि बीमासम्बन्धी सचेतना अभिवृद्धि हुन नसक्दा यसतर्फ किसानको आकर्षण बढ्न नसकेको हो ।
औषधी व्यवस्था विभागले लिभोसिट्रिजेन सिरप बिक्री नगर्न आग्रह गरेको छ । विराटनगरको निपोन फार्मास्युटिकल्सबाट उत्पादित एक ब्याचको लिभोसिट्रिजेन सिरप बिक्रीमा रोक लगाएको हो ।
पश्चिमी वायुको आंशिक प्रभावले अहिले देशभर मौसम बदली भएको छ।
नेपालकै सबैभन्दा ठूलो र पुरानो कारागार जगन्नाथदेवल सुन्धारामा सञ्चालित केन्द्रीय कारागार अस्पतालमा छ महिनामा २० हजार कैदीबन्दीले उपचार गरेका छन् ।
कृषि ज्ञान केन्द्र सप्तरीको प्रमुखबाट गत भदौ ३० गते सेवानिवृत्त हुनुभएका राजेन्द्रप्रसाद यादवले अहिलेसम्म पनि अवकाश पत्र पाउनुभएको छैन ।
हिन्दु र मुस्लिम धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको बाँकेको खजुरा गाउँपालिका ४ स्थित मुसबेटवा बाबा मजार मेला बुधबारदेखि सुरु भएको छ ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा माघमा मात्रै चौबीस लाख रुपियाँ बढी भेटी रकम सङ्कलन भएको छ ।
शिक्षाको गुणस्तर खस्किँदै गइरहेको आरोप सामुदायिक विद्यालयले खेपिरहेका बेला यहाँको जीवनज्योति माध्यमिक विद्यालयले नमूना अभ्यास थालेको छ ।