विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइने वसन्तपञ्चमी तथा सरस्वती पूजा बुधबार विविध कार्यक्रमसाथ मनाउन लागिएको छ । यही दिनको साइत पारेर अभिभावकले नानीबाबुलाई अक्षर चिनाउने कार्य शुभारम्भ गर्दै छन् । यस दिनमा नवीन कार्य प्रारम्भ गर्न चाहनेले र लगनको साइत जुराउनुपर्ने शुभकार्यका लागि रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन पनि रहिआएको छ । वसन्तपञ्चमीकै दिनदेखि शिक्षण संस्थाले पनि विविध छुट कार्यक्रमसाथ विद्यार्थी भर्ना आह्वान गरेका छन् । यस दिन भर्ना हुन आएका विद्यार्थीलाई भर्ना शुल्क नलाग्ने तथा मासिक शुल्कमा समेत आकर्षक छुट दिने प्रस्तावसाथ शिक्षण संस्थाले प्रचार प्रसार गरिरहेका छन् ।
कास्की प्रहरीले स्रोत नखुलेको छ केजी सुन र ६३ लाख ८१ हजार नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारतको पश्चिम बङ्गाल मेदिनीपुर घर भई अहिले पोखरा–२, मोहरिया बस्ने सुरजित भौमिकलाई पक्राउ गरेको हो ।
बाँकेको राप्तीसोनारी गाउँपालिकामा ९२ जनयुद्धका सहिद, वेपत्ता, घाइते तथा अपाङ्ग परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
भक्तपुर कटुञ्जेस्थित ऊँ माध्यमिक विद्यालयले ४२ औं स्थापना दिवसको अवसरमा आफ्ना पूर्व विद्यार्थीलाई मङ्गलबार एक समारोहका बीच सम्मान गरेको छ ।
सुस्ता वडा नम्बर ५ का गुड्डु खटिएको उमेर अहिले २० वर्ष भयो। ११ वर्षमा उहाँले कक्षा पाँच पास गर्नुभयो। उहाँको चाहाना अलि धेरै पढ्ने थियो। तर गाउँमा भएको एउटा मात्र श्री जनता दलित आधारभूत विद्यालयमा पाँचसम्म मात्र पढाई हुन्थ्यो। ६ कक्षा पढ्नका लागि यता भारतको बिहार हुँदै हिँडेर नेपालको बलिनगर जानुपर्थ्यो अथवा ढुङ्गा चढेर नारायणी पार गरेर जानुपर्थ्यो।
पत्रकार एवं साहित्यकार मनऋषि धितालका जनयुद्धको समय (विसं २०५९ देखि २०६३) सम्मको यात्राका डायरीहरु (जनयुद्धकालीन डायरी) समावेश सात पुस्तक मंगलबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गर्नुभएको छ।
पाँचथरको फिदिममा बुधबार सुरु हुने आध्यात्मिक महोत्सवको तयारी पुरा भएको छ।
पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको लुम्बिनी मेडिकल कलेज प्रभासका सचिव कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो।
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले हेटौँडा उपमहानगरपालिका परिसरमा आयोजना गरिएको प्रदर्शनीको उद्घाटन गर्नुभएको छ।
नेपाली कांग्रेसको फागुन ७ गतेदेखि १० गतेसम्म बस्न गइरहेको महासमिति बैठक व्यवस्थापनका लागि प्रदेश समन्वय उपसमिति गठन भएको छ।
फागुन १२ देखि सुरु हुने चौथो पाँचथर गोल्कप फुटबल प्रतियोगितामा नेपाल र भारतका आठ टिमले भाग लिने पक्का भएको छ। आयोजक पाँचथर क्लबले मंगलबार फिदिममा पत्रकार सम्मेलन आयोजना गर्दै सहभागी हुने टिम सार्वजनिक गरेको हो।
नेपाली कांग्रेसका उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका पदाधिकारीले आगामी फागुन ७ देखि हुन गइरहेको महासमिति बैठक स्थलको निरीक्षण गर्नुभएको छ।
नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मान्छेलाई अल्मल्याइरहेको आरोप लगाउनुभएको छ।
पाल्पाको तिनाउ गाउँपालिका-६ चिदिसमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।
दार्चुला जिल्ला सदरमुकाम खलङ्गास्थित शिवनगर खेलमैदानमा सञ्चालित १४औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महाकाली नगरपालिकाले जितेको छ । महाकालीले १९ स्वर्ण, १० रजत, ९ कांस्य गरी कुल ३८ पदक प्राप्त गर्दै उपाधि उचालेको हो ।