• १ जेठ २०८२, बिहिबार

कांग्रेस महासमिति बैठक व्यवस्थापनका लागि प्रदेश समन्वय उपसमिति गठन

blog

फाइल तस्बिर

काठमाडौं, फागुन १ गते। नेपाली कांग्रेसको फागुन ७ गतेदेखि १० गतेसम्म बस्न गइरहेको महासमिति बैठक व्यवस्थापनका लागि प्रदेश समन्वय उपसमिति गठन भएको छ। 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार ललितपुरको गोदावरीमा बस्न गइरहेको सो बैठक व्यवस्थापन थप प्रभावकारी बनाउन बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको संयोजकत्वमा दश सदस्यीय उपसमिति गठन भएको छ।

समितिका सदस्यमा कोशी प्रदेशका सभापति उद्धव थापा, मधेशका सभापति कृष्णप्रसाद यादव, गण्डकीका सभापति शुक्रराज शर्मा, लुम्बिनीका सभापति अमरसिंह पुन, कर्णालीका सभापति ललितजंग शाही, सुदूरपश्चिमका सभापति वीरबहादुर बलायर, बागमतीका उपसभापति चन्द्र महर्जन, मधेशका उपसभापति चन्द्रशेखर कुमार यादव, बागमतीका सहमहामन्त्री हरिशरण श्रेष्ठ र बागमती प्रदेशका मुख्य सचिव राजु नेपाल रहनुभएको उहाँको भनाइ छ।