ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वास्थ्य बीमा महानगरवासीका लागि उपहार दिए बराबर भएको बताउनुभएको छ ।
दोलखाको गौरीशङ्कर गाउँपालिका-९ को भौगोलिक विकट 'नाँ गाउँमा' सोलार प्लान्टमार्फत् विद्युत सेवा पुगेको छ । जिल्लाको अति दुर्गम गाउँको रूपमा चिनिने नाँ उपत्यकामा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले वर्ष विद्युत् सेवा पुर्याएको हो ।
सिँचाइका लागि मोटरपम्पको व्यवस्था भएपछि आकासे पानीको भरमा खेती गर्दै आएका रौतहटका एक दर्जनभन्दा बढी साना किसान हर्षित भएका छन् ।
नाइजेरियाली प्रहरीले राजधानी अबुजाका विभिन्न ठाउँमा गरेको पछिल्लो छापामार कारबाहीका क्रममा ३०७ जना संदिग्ध अपहरणकारीलाई पक्राउ गरेको छ ।
दिल्ली प्रहरीले किसानहरूको प्रदर्शनलाई ध्यानमा राख्दै राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारेको छ । सोमबारदेखि पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन निषेध गर्ने आदेश जारी गरिएको छ।
नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गर्नुभएको छ ।
झापाको दमक नगरपालिकाले भूमिसम्बन्धी समस्या आगामी दुई वर्षभित्रमा टुङ्गोमा पुर्याएर जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने तयारी गरेको छ । दमकका १० वटा वडामा भूमिसम्बन्धी समस्या रहेका परिवारको सङ्ख्या छ हजार बढी रहेको छ ।
सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई जीवन उपयोगी सीप दिन थालिएको छ । सुनसरीको वराहक्षेत्र १० प्रकाशपुरमा रहेको श्री प्रकाश मावि प्रकाशपुरले विद्यार्थीहरूलाई दुना, टपरी बनाउने सीप दिन थालेको हो ।
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको भन्दै पोखरास्थित श्रीराम प्राथमिक विद्यालयमा कार्यरत शिक्षकमाथि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ ।
सञ्चार क्षेत्रमा ठुलो परिवर्तन आएको छ । बिहान चियाको चुस्कीसँगै पत्रिका पढ्ने पुस्तादेखि अहिले बिहान ओछ्यानबाट आँखा खोल्ना साथ सामाजिक सञ्जालमा रमाइरहेका छन् युवा पुस्ता । हिजो सूचना प्राप्त गर्न पत्रिका, रेडियो र टेलिभिजन भएका घरमा गएर कहाँ के भइरहेको छ समाचारबाट थाहा हुन्थ्यो । सूचनाको स्रोत पनि यी नै हुन्थ्यो । तर अहिले प्रत्येक व्यक्तिसँग सञ्चारको साधन छ ।
रेडियो नेपालले आजदेखि बज्जिका भाषाको समाचार तथा कार्यक्रम प्रसारण आरम्भ गरेको छ । विश्व रेडियो दिवसका अवसरमा रेडियो नेपालले आजदेखि उक्त भाषामा समाचार तथा कार्यक्रम प्रसारण थालेको हो ।
उद्योग वाणिज्य सङ्घ लालबन्दीले फागुन १० गतेदेखि १९ गतेसम्म प्रथम लालबन्दी महोत्सव आयोजना गर्ने भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् रेडियो प्रचार सेवा विकास समितिका अध्यक्ष रामकृष्ण सुवेदीले समावेशी राज्यको चरित्रलाई सरकारी निकायले पनि अनुसरण गर्नुपर्ने बताउनुभएको छ ।
सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन राजधानीमा सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सम्मेलनको सुरु भएको हो ।
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अदालतले बिदा नदिए पनि आजको दिन ऐतिहासिक जनयुद्ध दिवसका रूपमा मनाइने बताउनुभएको छ ।