सङ्घीय संसद् अन्तर्गतको राष्ट्रियसभा बैठक सुरू भएको छ ।
पाँचथरको सदरमुकाम फिदिम बजारमा सोमबार बिहान एउटै कुकुरले टोक्दा नौ जना घाइते भएका छन् । बिहान सदरमुकाम फिदिमको वडा नम्बर १ र ४ का मा कुकुरले यत्तिका नागरिकलाई टोकेको हो ।
गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक बागलुङ नगरपालिका ६ स्थित ऐतिहासिक, धार्मिक स्थल पञ्चकोटमा सुरु भएको छ । पञ्चकोटमा आगामी फागुन ९ गते देखि सुरु हुने अनन्त श्री ब्रह्माण्डीय महायज्ञको प्रचारप्रसारलाई सहयोग पुर्याउन गण्डकी सरकारको मन्त्रिपरिषद्को बैठक पञ्चकोटमा बसेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालको दोस्रो वर्षको सुरुआतमा गर्नुभएको मन्त्रालयगत समीक्षाका क्रममा मन्त्री तथा सचिवलाई दिएका निर्देशन कार्यान्वयनको अवस्थाबारे प्रधानमन्त्री तथा तथा मन्त्रिपरिषद् कार्यालयले अनुगमन थालेको छ ।
नुवाकोटको विदुरमा जारी आठौँ नुवाकोट महोत्सव अवलोकन गर्न आउनेलाई किस्पाङ गाउँपालिका–४ साल्मेका तामाङ समुदायद्वारा प्रस्तुत घोडा नाचले आकर्षित बनाएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले आफू धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ)को प्रशंसक रहेको बताउनु भएको छ । आइतबार केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित धरानमा विशिष्टिकृत अनुसन्धान केन्द्रिय कृषि तथा खाद्य प्रविधि योजना उन्मुख कार्यशाला’ स्थापना गर्ने कार्यक्रममा बोल्दै शिक्षा मन्त्री राईले नगर प्रमुख राईको प्रशंसक रहेको बताउनुभयो ।
अब निराशा होइन, उत्साहित भई समृद्धिका यात्रामा अघि बढ्न आवश्यक छ । म पहिलो पटक प्रतिनिधिसभामा १५ महिनाअघि निर्वाचित भएर आएको थिएँ ।
एकल महिलाले भलाकुसारी गर्नका लागि कैलाली जिल्लाको कैलारी गाउँपालिका–६ स्थित वनकट्टामा शान्ति सङ्ग्रहालय निर्माण गरिएको छ । यस सङ्ग्रहालयमा एकल महिला र द्वन्द्वपीडित जमघट भएर आआफ्ना दुःखसुखका कुरा आपसमा साटासाट गर्ने जनाइएको छ । सङ्ग्रहालयमा डिजिटल बोर्डसमेत लगाइएको छ । सङ्ग्रहालयमा आएर एकल महिलालाई एक अर्काबिच भलाकुसारी र दुःखसुख साटासाट गर्न सहयोग पुग्ने मानव अधिकार एकल महिला समूह सुदूरपश्चिम अध्यक्ष सुमन शर्माले बताउनुभयो ।
यस जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाका ९, डप्कमा रहेको सिद्धेश्वरी आधारभूत विद्यालयले विद्यार्थीको गयल घटाउन विद्यालयमै भातभान्सा लगाउने गरेको छ । हिउँदमा विद्यालय नआउने विद्यार्थीलाई नियमित गर्ने उद्देश्यले विद्यालयले विद्यालयमै बसेर पढाइ गर्ने गरी भातभान्सा लगाउने गरिएको हो । बुढीनन्दा नगरपालिका ७, ८, ९ र १० का अधिकांश स्थानीयको जीविकोपार्जनको मुख्य पेसा भेडाबाख्रापालन हो । यहाँका अधिकांश स्थानीय हिउँदमा भेडासँगै औल झर्ने भएकाले बालबालिका पनि उतै जाने गरेपछि यो विद्यालय हिउँदमा विद्यार्थीविहीन हुने गर्दछ ।
सभा हलको उपयोग र आयआर्जनसमेत हुने उद्देश्यले दोलखाको भीमेश्वर नगरपालिका–३ मा निर्माण सुरु गरिएको सभा हलको करिब एक दशकपछि संरचना मात्र निर्माण भएको छ । ठेकेदारको लापरबाहीले दुई वर्षमै सम्पन्न हुनुपर्ने यो सभा हल करिब एक दशकपछि संरचना मात्र निर्माण सम्पन्न भए पनि अख्तियारमा ठेकेदारविरुद्ध मुद्दा परेकाले काम अगाडि बढ्न नसकेको सघन सहरी तथा भवन निर्माण आयोजना मन्थलीका साइट इन्चार्ज असिस्टेन्ट सब इन्जिनियर रामशरण न्यौपानेले जानकारी दिनुभयो ।
गोरखा बारपाक सुलीकोट गाउँपालिका–१ र २ वडा जोड्ने सडक कालोपत्रे कार्य अन्तिम चरणमा पुगेको छ । सडक आयोजनका इन्जिनियर आस्था देवकोटले साढे १६ किलोमिटरमा १२ किलोमिटर कालोपत्रे र साढे दुई सय मिटर ढलान गर्ने काम सकिएको जानकारी दिनुभयो । “साढे पाँच मिटर चौडाइका दरले कालोपत्रे भएको छ,” उहाँले भन्नुभयो, “केही उकालो, अप्ठ्यारो र घुम्ती बाटोमा साढे दुई सय मिटर ढलान भएको छ ।” २०७२ सालमा ठेक्का सम्झौता भई काम अघि बढाए पनि ठेकेदारको ढिलासुस्तीका कारण सडक कालोपत्रे कामले गति लिन नसकेको इन्जिनियर देवकोटाको भनाइ छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर क्यानडालाई पहिले ब्याटिङको निम्तो दिनुभएको हो ।
सङ्खुवासभाका पाँच गाउँपालिका र पाँच नगरपालिकामध्ये सभापोखरी नगरपालिकामा साबिकका धुपु, बाह्रबिसे र सभापोखरी गाउँ विकास समितिलाई समेटिएको छ । छ वटा वडा रहेको पालिका
सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । आइतबारबाट काठमाडौँमा सुरु भएको बैठकमा पहिलो दिन प्रदेश इन्चार्ज र अध्यक्षले चार महिने माओवादी विशेष रूपान्तरण अभियानको समीक्षात्मक रिपोर्ट पेस गरेका थिए ।