सरकारले मुलुकमा सुशासन कायम गराउन प्रशासनिक संयन्त्रलाई स्वच्छ, छरितो, सक्षम, विश्वसनीय, आचरणयुक्त र प्रभावकारी गराउने कार्यलाई महत्व दिएको हुन्छ । सरकारका नीति, योजना, रणनीति, कार्यक्रमको समग्र उद्देश्यसमेत जनतामा सुशासनको अनुभूति गराउनु रहेको हुन्छ । सरकारले लिएको उद्देश्य हासिल गर्न छिटोछरितो र सहज कार्य पद्धतिका आधारमा इमानदारीपूर्वक कार्य गर्नु कर्मचारीतन्त्रको प्रमुख जिम्मेवारी हो । सरकारले जनतासँग गरेका प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गरी आफूप्रतिको विश्वसनीयता कायम गराउन कर्मचारीतन्त्रलाई नै मुख्य कार्यकारिणी संयन्त्रका रूपमा स्विकारेको हुन्छ ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा खानेपानी महसुलबापतको करिब रु ४० लाख उठ्न सकेको छैन । परासी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिअन्तर्गतका उपभोक्ताले खानेपानीको महसुल समयमा नतिर्दा सो रकम उठ्न नसकेको हो ।
पाकिस्तानमा रहेका बौद्ध सम्पदाबारे नेपालका पर्यटन व्यवसायीलाई जानकारी गराउने उद्देश्यले युवा बौद्ध सङ्घ र नेपालस्थित पाकिस्तान दूतावासको आयोजनामा वृत्तचित्र प्रदर्शनी सम्पन्न भयो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलको एक घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमास (कात्तिक–पुस) सम्म बजेटमा व्यवस्था गरिएका कार्यक्रमको कार्यान्वयनमा सामान्य सुधार देखिएको छ । नेपाल उद्योग परिसङ्घ र नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको एक अध्ययनले गत आवको तुलनामा बजेटको कार्यान्वयनले केही गति लिएको देखिएको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
चलचित्र ‘अगस्त्य च्याप्टर १’ को प्रणय दिवसका अवसर पारेर प्रेमभावको गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर रहेको छ । गीतमा चलचित्रका प्रमुख कलाकार सौगात मल्ल, मलिका महत र रवीन्द्र झालगायत देखिनुभएको छ ।
पुरानो चलचित्र ‘अन्दाज’ मा समावेश गीत ‘सिम्पल सिम्पल कान्छी’ को दोस्रो भाग ‘सिम्पल सिम्पल कान्छी २’ मा किरण केसी ‘रातामकै’ र दीपाश्री निरौला जोडीका रूपमा देखिनुभएको छ ।
नेपाल भाषाका गायक गौतमदास मानन्धरले एक दशकपछि नेपाली सङ्गीत क्षेत्रमा पुनरागमन गर्नुभएको छ । विगत चार दशकअघि नेपाली सङ्गीत क्षेत्रमा पाइला टेकेका मानन्धरले थुप्रै नेपाल भाषाका र करिब १० नेपाली गीत गाएपछि गायनलाई विश्राम दिनुभएको थियो । यद्यपि अहिले उहाँले ‘झिमिक्कै परेली’ भिडियो गीतमार्फत गायनमा फर्किनुभएको छ । मानन्धरले ब्लु बेरी अडियो भिडियो कम्पनीको प्रोडक्सनमा हाइलाइटस् नेपाल च्यानलमार्फ
धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीमा राष्ट्र बैङ्कको स्वीकृति आवश्यक नपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले सूचीकृत कम्पनीमा विदेशी लगानी गर्न आफ्नो स्वीकृति नचाहिने व्यवस्था गरेको हो । विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ को तेस्रो संशोधनमार्फत राष्ट्र बैङ्कले धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीमा राष्ट्र बैङ्कको स्वीकृति नचाहिने व्यवस्था गरेको हो ।
रुकुमपश्चिमका भूकम्प प्रभावितको खातामा अस्थायी आवास निर्माणका लागि हालसम्म ७२ करोड ८३ लाख २५ हजार रुपियाँ जम्मा गरिएको छ । २९ हजार १३३ जना लाभग्राहीको खातामा पहिलो किस्ताबापतको अनुदान रकम जम्मा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हालसम्म जिल्लामा ३१ हजार ६२० जना लाभग्राहीको पहिचान भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले लाभग्राही कायम भएका सबैको लागि सम्बन्धित स्थानीय तहको विपत् व्यवस्थापन कोषमा जिल्ला विपत् व्यवस्थापन समितिबाट रकम निकासा पठाइसकिएको बताउनुभयो ।
कैलालीको गौरीगङ्गा नगरपालिकामा बस्ने ५५ वर्षीय सीमा (नाम परिवर्तन) का श्रीमान् जबरजस्ती करणीको मुद्दामा जेल गएको छ वर्ष भयो । श्रीमान् जेल गएपछि उहाँका विपत्तिका दिन सुरु भए । छोराकै चिन्ताले वृद्ध ससुरा बित्नुभयो । त्यसको लगत्तै ३० वर्षको जेठा छोराको समेत मोटरसाइकल दुर्घटनामा मृत्यु भयो । यसरी लगातार विपत्ति खेप्नुभएकी सीमालाई छरछिमेकी र आफन्तजनको ठुलो आड भरोसा आवश्यक पर्नेमा समाजले उहाँ र उहाँका परिवारलाई छिः छिः दुरदु्र गरिरहेको छ । सीमाले भन्नुभयो, “त्यसै कारण म बिमारीसमेत हुने गरेकी छु । कहिलेकाहीँ बेहोससमेत हुन्छु । कान्छो छोरा ११ कक्षामा पढ्छ ऊ पनि मानसिक समस्यामा छ ।”
पाकिस्तानमा रहेका बौद्ध सम्पदाबारे नेपालका पर्यटन व्यवसायीलाई जानकारी गराउने उद्देश्यले युवा बौद्ध सङ्घ र नेपालस्थित पाकिस्तान दूतावासको आयोजनामा वृत्तचित्र प्रदर्शनी सम्पन्न भयो ।
संयुक्त अरब इमिरेट्स (युएई) को अबु धाबीमा पहिलो हिन्दू मन्दिर निर्माण भएको छ ।