नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) ले नेपाल पत्रकार महासंघको इतिहास सच्याउन आग्रह गरेको छ । २००८ साल वैशाख ९ गते स्थापना भएको महासंघलाई २०१२ साल चैत १६ देखि इतिहास कायम गर्नु गलत भएको फोनिजको भनाइ छ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हामी जे बोल्छाँै त्यो पूरा गरौं र पूरा गर्ने मात्र बोल्नु पर्ने बताउनु भएको छ ।
दुई दिनदेखि अबरुद्ध हुँदैआएको हुम्ला जिल्लाको हवाइ सेवा सुचारु भएको छ । शनिबार सिमकोट क्षेत्रमा हावा लाग्न रोकिएपछि हवाइसेवा सुचारु भएको हो ।
नेकपा (माओवादी केन्द्र) ले पार्टीको विधान सम्मेलनका लागि प्रस्ताव तयार पार्ने जिम्मेवारी पार्टी पदाधिकारीलाई दिएको छ।
कैलालीको धनगढीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रमको प्रशिक्षणका लागि प्रारम्भिक रुपमा खेलाडी छनोटको कार्य सुरु भएको छ ।
जनकपुरधामबाट करिब १८ किलोमिटर उत्तर–पूर्वमा धनुषाधाम पर्छ । यहाँ हरेक वर्ष माघमा एक महिने मकरसङ्क्रान्ति मेला लाग्छ । सो मेलामा करिब एक करोड रुपियाँ बरावरको तेजपातको कारोबार भएको छ ।
हेटौँडामा भएको छैटौँ सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०८० को उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।
धनकुटाको महालक्ष्मी नगरपालिका ४ दमारस्थित चानुवा माविको खेल मैदानमा राष्ट्रपति रनिङ शिल्ड सुरुभएको छ । यहाँ जिल्ला स्तरीय चौधौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको हो ।
आगामी वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलन अघि विभिन्न कानुनमा सुधारका लागि सिफारिस गर्न गठिन कार्यदलले एक दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिस गरेको छ ।
नेपाल र चीनबिचको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको छ । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा दशरथ रङ्गशालामा शनिबार भएको खेलमा नेपाली यू–२३ टोलीले चिनियाँ टोलीलाई ५–१ गोलले हरायो ।
धनकुटाको पाख्रीबास नगरपलिका वडा नं. ५ स्थित अरुण नदी किनारमा रहेको खेतमा किसानहरुले लगाएको तोरी खेती ।
नेपाल व्यवस्थापन सङ्घ (म्यान) को अध्यक्षमा मोहनराज ओझा निर्वाचित हुनुभएको छ ।
गुल्मीको धुर्कोट गाउँपालिका-१ नयाँगाउँमा प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
नेपालका चारधाम मध्येको एक अछामको बैद्यनाथ धाममा १ सय ४४ बर्षपछि कोटिहोम लाग्दैछ । फागुन १० देखि २५ गते महाशिवरात्रिसम्म महायज्ञ आयोजना हुने मुल आयोजक समितिका संयोजक प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवरले जानकारी दिनुभयो ।
नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको छैठौँ प्रदेशसभामा मुख्यमन्त्री चौधरीले नीजि क्षेत्रले स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर बजारसम्म पु¥याउन कार्यमा सहयोग गर्न समेत आग्रह गर्नुभयो।