काठमाडौं, माघ २७ गते । नेपाल व्यवस्थापन सङ्घ (म्यान) को अध्यक्षमा मोहनराज ओझा निर्वाचित हुनुभएको छ । सङ्घको ४३ औँ वार्षिक साधारण सभाबाट ग्रोथ सेलर प्राइभेट लिमिटेडका संस्थापक ओझा अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।
सहमतिका आधारमा भएको निर्वाचनबाट प्रथम उपाध्यक्षमा ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र द्वितीय उपाध्यक्षमा मस्रेक बैङकका नेपाल प्रतिनिधि हेमा अधिकारी चयन हुनुभएको छ ।
त्यसैगरी, महासचिवमा प्राज्ञिक व्यवस्थापन विज्ञ इन्द्र श्रेष्ठ र कोषाध्यक्षमा कर्मचारी सञ्चय कोषका कार्यकारी निर्देशक कविराज अधिकारी निर्वाचित हुनुभएको छ ।
सदस्यमा प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, कृषि विकास बैङ्कका धर्मनन्द अवस्थी, इसिमोडकी अनु जोशी श्रेष्ठ, किशोर ढुङ्गाना, मधु पौडेल, जितेन्द्र धिताल, बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चङ्की क्षेत्री, नेपाल एसबिआइ बैङ्कका राजेशकुमार पण्डा, नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र कान्तिपुर पब्लिकेसनका प्रमुख कार्यकारी अधिकृत महेश श्वार चयन हुनुभएको छ ।
त्यस्तै, साधारण सभामा म्यानले प्रदान गर्ने म्यानेजर अफ दी इयर अवार्ड नेपाल उद्योग वाणिज्य महासङ्घका महानिर्देशक गोकर्ण अवस्थीलाई प्रदान गरिएको थियो । त्यसैगरी ओमन म्यानेजर रेक्कनाइज अवार्ड भने आरती चटौटलाई, लाइफ टाइम कन्ट्रिब्युसन अवार्ड पद्यलाल श्रेष्ठलाई र युथ आइकन रेक्कनाइज अवार्ड मनोज पौडेलाई प्रदान गरिएको थियो ।