कर्णाली प्रदेश प्रमुख तिलक परियारले तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होछारका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा पोखरेललाई दिइएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सूचनाको हक कार्यान्वयनका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।
एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत दोस्रो खेलमा जितका लागि क्यानडाले नेपाललाई दुई सय ८६ रनको लक्ष्य दिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले त्रियुगा नगरपालिकाको गाईघाटमा मेडिकल कलेज सञ्चालनका लागि अनुमति प्रदान गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
उत्तरी गाजा पट्टीका लागि प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य निकाय (यूएनआरडब्ल्यूए) ले शुक्रबार पेस गरेको आधा सहायता अनुरोधलाई इजरायलले अस्वीकार गरेको छ ।
मस्तिष्क घात भएका मेचीनगर नगरपालिका-१० का विपन्न परिवारका ३० वर्षीय सञ्जोग थापा मगरको शल्यक्रियाका क्रममा अस्पतालको चिस्यान केन्द्रमा राखिएको टाउकाको खोपडी (मस्तिष्कको ढकनी) जोड्न आर्थिक अभाव भएको छ ।
पश्चिम नेपालबाट पूर्वको जनकपुरमा रहेको जानकी मन्दिर दर्शन गर्न जाने र जनकपुरबाट भारतको अयोध्यास्थित राम मन्दिर दर्शन गर्न जाने यात्रुको सुविधालाई ध्यानमा राखेर नेपालगन्ज–जनकपुर हवाई उडानको पहल सुरु गरिएको छ ।
ताप्लेजुङमा पुँजीगततर्फको बजेट खर्च निरासजनक देखिएको छ । सङ्घ तथा प्रदेश दुवैतर्फको बजेटअन्तर्गत चालूको तुलनामा पुँजीगत खर्चको अवस्था निरासजनक रहेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार पर्वका अवसरमा नेपाली दाजुभाइ तथा दिदीबहिनी, बुबाआमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकारले शनिबार पत्रकार सम्मेलन गरेर आफ्नो एक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गरेको हो ।
संसद्को अघिल्लो अधिवेशनबाट नागरिकता विधेयक र मिटरब्याजसम्बन्धी विधेयक मात्र पारित भए । अबको अधिवेशन प्रभावकारी हुन्छन् र पर्याप्त कानुन बनेर आउँछन् भन्ने विश्वास छ ।
सर्वसिद्धिधाम पञ्चकोटमा ‘अनन्तश्री ब्राह्माण्डिय महायज्ञ–२०८०’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आर्थिक क्षेत्रमा र्याडिकल रिफर्म (अर्थतन्त्रको संरचनामा परिवर्तन) गर्नुपर्ने बताउनुभएको छ ।
रोङ गाउँपालिका-४ का रघुनाथ अर्याललाई ५० वर्षको उमेरमा विद्यालय पढ्न जानुपर्छ जस्तो लागेको थिएन । “अभिभावक शिक्षा दिने भन्दै गाउँपालिकाले छोराको स्कुलमा पढ्न बोलाउँदा अचम्म लाग्यो”, अर्यालले भन्नुभयो, “तर पहिलो दिनको कक्षामा धेरै नयाँ कुरा सिकियो, अब हरेक महिनाको एक दिन हामी पो स्कुल जानुपर्ने भएछ ।”