एक दिवसीय सिरिजअन्तर्गत नेपालविरुद्धको दोस्रो खेलमा क्यानडाले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई सात रनले पराजित गरेको थियो ।
नयाँ हाकिम यो अफिसमा सरुवा भई आउने चर्चा चलिसकेपछि मेरा एक जना साथीले प्रस्तावित हाकिमको चर्चा गर्न थाले, “उनी ज्यादै कडा पो छन् त । कामचोरलाई पटक्कै मन पराउँदैनन् । उनको आफ्नै काम गर्ने शैली छ ।” उनले सरुवा भई आउने हाकिमको बारेमा भन्दै थिए, “तपाईंहरूले कुनै पनि सोधेको कुरालाई स्पष्ट रूपमा प्रस्ट्याउनु
तामाङ समुदायको पर्व सोनाम ल्होसार पर्व तामाङ समुदायले शुक्रबारबाट विविध कार्यव्रmमको आयोजना गरी मनाइरहेका छन् । तामाङ समुदायले सोनाम ल्होसार पर्वका अवसरमा शुभकामना आदानप्रदानसँगै विशेष सांस्कृतिक कार्यक्रम मकवानपुरको १० वटै पालिकामा आयोजना गरिएको छ ।
कस्तो देख्नु पर्यो मैले बिग्रिएर गाको एउटै रथको दुई पाङ्ग्रा दुईतिर भाको । हेर्न राम्रो सेतो हिमाल घुम्न जान डोटी भाग्य मेरो राम्रै रै छ कर्म भने खोटी । धन थेन मन दिए उनको पनि लिएँ
तिमी साथ धेरै बसेको छु प्यारा सँगै काम मैले गरेको छु प्यारा नयाँ धरहरामा तिमी साथ जाने पूरा हुन्न सपना बुझेको छु प्यारा
डाँडाका टुप्पामा पहेँलो गजुर ! दिबुचे डुल्दै खोला छेउमा थिएँ म । अलिक अग्लो ढिस्कोमा उभिएर हेर्दा पश्चिमतिर आँखा पुगे थे । अग्लो डाँडालाई घेरेथ्यो हरियालीले । खुम्बिलाका धारिला ढुङ्गेनी सुइरामा अलेली हिउँ थिग्रेका थिए । आँखा तिनै ढुङ्गेनी खोँच र सुइरा हेर्दै खोला तरेर थुम्कामा आइपुगेँ । ‘त्यो त्याङबोचेको गुम्बा !’ निधार कन्याइरहेका बीरु मगर बोलेका थिए । यही एक शब्दले अथाह भक्तिभाव र अनन्त प्रेम पोखेको थियो । झन्डै २० वर्षदेखि मैले त्याङबोचे सुनेँ, दिबुचे सुनेँ, नाम्चे सुनेँ । त्यत्तिकै सुनेँ काला पत्थरको नाउँ पनि । कसैले चोमोलुङमा भने पनि, कसैले जोमोलुङमा भने पनि नेपालीका ओठले भन्ने गरेको छ– सगरमाथा । त्यसो त अङ्ग्रेजीसँग नसनाता बढ्ता गाँसिँदै गएकाले माउन्ट एभरेस्ट भनेर फुर्तीफार्ती गर्नेको सङ्ख्या पनि कम्ताको कहाँ छ र ! तर मैले त सगरमाथा जत्तिकै सुनेको नाम थियो– त्याङबोचे ।
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-२ भालुखर्ककी अचेत अवस्थामा फेला परेकी एक वृद्धा महिलाको मृत्यु भएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सोनाम ल्होछार पर्वले सबै नेपालीबिच धार्मिक सहिष्णुता र सद्भाव कायम होस् भनी शुभकामना दिनुभएको छ ।
प्राकृतिक र जैविक आधारमा मानिसको यौनिक तथा लैङ्गिक पहिचान स्थापित छ । ऐतिहासिक तथ्याङ्क, विश्वव्यापी अध्ययन वा धार्मिक प्रमाणका आधारमा समाजमा विपरीत लिङ्गी वा महिला–पुरुषभन्दा फरक यौनिकता भएको मानिसले पनि जन्म लिएको छ भन्ने पुष्टि गर्छ । जन्मँदा बालक वा बालिका जेसुकै भए पनि उमेर बढ्दै गएपछि उनीहरूमा आउने शारीरिक वा मानसिक परिवर्तनले समलिङ्गी महिला, समलिङ्गी पुरुष, द्विलिङ्गी, ट्रान्सजेन्डर महिला, ट्रान्सजेन्डर पुरुष, अन्तरलिङ्गी, तेस्रोलिङ्गी आदिका रूपमा पहिचान गरिदिएको छ । जसलाई नेपालको संविधानले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय (एलजिविटिआइक्यु) का रूपमा परिभाषित गरिदियो । लैङ्गिक पहिचानको कुरा विश्वव्यापी रूपमा स्वास्थ्य सङ्गठनले समेत पुष्टि गरिसकेको छ तर अब लैङ्गिक पहिचान नेपाल
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोनाम ल्होसारको शुभकामना दिनुहुँदै सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान रहेको बताउनुभएको छ ।
सनातनी धर्मावलम्बीलाई गर्व महसुस हुने गरी क्रिस्चियन धर्मको बहुलता रहेको अमेरिकाको न्युयोर्कनजिकै न्युजर्सी राज्यको रविन्सभिलमा एक भव्य र अद्भुत विशाल हिन्दु मन्दिर निर्माण सम्पन्न भएको छ । स्वामीनारायण अक्षरधाम हिन्दु मन्दिरका रूपमा रहेको यो अमेरिकामा बनेको सर्वाधिक ठुलो हिन्दु मन्दिर हो भने विश्वमै कम्बोडियाको अङ्कोरवाटपछिको दोस्रो विशाल हिन्दु मन्दिर । केही समयअघि उद्घाटन भएको यो मन्दिर निर्माण सुरु भएको १२ वर्षपछि सम्पन्न भएको हो ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले तामाङ समुदायको पर्व सोनाम ल्होछार अवसरमा शुभकामना व्यक्त गर्दै यस पर्वले नेपालीका बिच एक आपसमा बन्धुत्व विकासका लागि उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सडक विस्तारका लागि सार्वजनिक बाटो तथा जग्गा मिचेर बनाइएका जिल्ला सदरमुकाम खलङ्गा भित्रका ५२ घरका संरचना भत्काउने सर्वपक्षीय बैठकले निर्णय गरेको छ ।
सडकबाट बेवारिस अवस्थामा एक महिनाअघि उठाएर ल्याइएका दैलेख जिल्ला चामुण्डा विन्द्रासैनी नगरपालिका–५ का भीमबहादुर रावतलाई परिवारसँग पुनर्मिलन गराइएको छ । रावतलाई पुस २१ गते सुर्खेतस्थित मानव सेवा आश्रममा ल्याइएको थियो । आश्रममा उपचार र मनोपरामर्शपछि रावतलाई बिहीबार परिवारसँग पुनर्मिलन गराइएको हो ।
नेपालले क्यानडाविरूद्धको अन्तर्राष्ट्रिय एक दिवसीय सिरिजअन्तर्गत आज दोस्रो खेल खेल्दै छ । उक्त खेल बिहान ९ः१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने छ ।