राष्ट्रपति रामचन्द्र पौडेलले तामाङ समुदायको सोनाम ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले आज दिनुभएको शुभकामना सन्देशमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले समृद्धिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर क्रियाशील रहेको बताउनुभएको छ । सोनाम ल्होसारका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले विद्यमान चुनौती सम्बोधन गरी सुशासन र सामाजिक न्याय प्रत्याभूत गराउन सरकार दृढताका साथ अघि बढिरहको बताउनुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक एकता सँगै नेपालीको राष्ट्रिय भावनालाई थप मजबूत बनाउन सोनाम ल्होसारले सहयोग पुग्ने बताउनुभएको छ । सोनाम ल्होसारका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले गणतन्त्रात्मक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषालाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको बताउनुभएको छ ।
आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् ।
यसपालि पर्याप्त पानी नपर्दा खडेरीले भोकमरी निम्तिने चिन्तामा किसान रहेका छन् । कालीकोट सुक्खा क्षेत्र पलाँता, पचालझरना गाउँपालिकामा बसोबास गर्ने नागरिक अहिलेसम्म पानी नपरेका कारणले भोकमरी हुने चिन्ताले निराश हुन थालेका हुन् । लामो समय पानी नपर्दा हिमाली तथा पहाडी जिल्लामा मुख्य खाद्य बाली गहुँ र जौ उम्रिन सकेनन् ।
चालु आर्थिक वर्ष २०८०/८१ को छ महिना बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब ९२ अर्ब ६४ करोड रुपियाँ (४.० प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा एक खर्ब ३७ अर्ब ३३ करोड रुपियाँ (३.० प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० पुस मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–२, बुढीमोरङस्थित माङ्दाङ्वा गाउँका मनप्रसाद इवाहाङ अहिले ८२ वर्ष पुग्नुभयो । माङ्दाङ्वा गाउँका बिचमा उहाँको एउटा सामान्य कच्ची घर छ । घरभन्दा अलि मुनि अर्को ढुङ्गा, सिमेन्ट र बालुवाको प्रयोग गरेर एक सानो तर चिटिक्क परेको पक्की घर निर्माण गर्नुभएको छ ।
पाकिस्तानमा बिहीवार सम्पन्न आमनिर्वाचनको मतगणना जारी रहँदा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी तहरिक–ए–इन्साफ पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारहरूले अग्रता लिएका छन्।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको रुस–युक्रेन युद्धमा फसेका नेपालीको उद्धारका लागि सहयोग गर्न पीडित परिवारले आज ध्यानाकर्षण गराएका छन् ।
पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले वर्तमान सरकारको विकल्प तयार भइनसकेको बताउनुभएको छ।
पश्चिम बागलुङको दुर्गममा रहेको पाण्डवखानी गाउँ । गलकोट नगरपालिका–१० मा पर्ने यस गाउँ पर्यटकीय हिसाबले निकै आकर्षक छ । तस्बिर : डम्मर बुढामगर, ढोरपाटन/रासस
नेपाली काँग्रेसका सह–महामन्त्री बद्रीप्रसाद पाण्डेले मध्यपहाडको विकास नै नेपालको लाइफलाइन बन्ने बताउनुभएको छ । अछामको साँफेबगरमा आयोजित साँफेबगर महोत्सवको उद्घाटनका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
भ्यालेन्टाइन डेको अवसर पारेर एलिना माघ २८ गते दरबार मार्गको मन्नत प्यालेसमा गुग्जिने हुनुभएको हो ।
घरेलु मैदान कीर्तिपुरमा नेपालले फागुनमा खेल्ने त्रिदेशीय क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक भएको छ । तालिकाअनुसार नेपालले फागुन ३ गते नामिबियासँग खेल्दै सिरिजको सुरुवात गर्नेछ ।
जनकपुरधाममा पहिलो पटक औपचारिक रुपमा एकल गायन शास्त्रीय संगीतको आयोजना भएको छ । मधेश प्रज्ञा प्रतिष्ठानको आयोजनामा औपचारिक रुपमा शुक्रबार जनकपुरधामस्थित महेन्द्रनारायण मिथिला संस्कृति केन्द्रमा शास्त्रीय संगीत एवं सुगम संगीत विधाका लोकप्रिय गायक गुरुदेव कामतले एकल गायन प्रस्तुत गर्नुभएको हो ।