गोरखा नगरपालिका –९ लक्ष्मीबजारमा बङ्गुरमा पाइने स्वायन फिबरको सङ्क्रमण भेटिएको छ । बङ्गुर फर्ममा एक हजारभन्दा बढी बङ्गुर बिरामी पर्न थालेपछि परीक्षण गर्दा अफ्रिकन स्वायन फिबर पुष्टि भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकी प्रमुख शर्मिला कुमालले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ राजनीतिक दलबाट संविधानमाथि प्रहार भइरहेको आरोप लगाउनुभएको छ । शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवाले आगामी आर्थिक वर्षमा जिल्लामा खेल मैदान निर्माण गर्न बजेट विनियोजन गरिने बताउनुभएको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले चीनको चिङ्घाइ फुटबल क्लबसँग शनिबार दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल नयाँ खेलाडीका लागि राम्रो अवसर भएको बताउनुभएको छ ।
शालिग्रामका लागि प्रसिद्ध मानिने कालीगण्डकी नदी किनारको शिला रौतहटको गढीमाइ नगरपालिकामा शुक्रबार ल्याइएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सर्वोच्च अदालतको निर्देशात्मक आदेश बमोजिम विदेशमा रहेका नेपाली मतदाताको मताधिकार सुनिश्चित गर्न आयोग तत्पर रहेकोे बताउनुभएको छ ।
नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशको समृद्धिका लागि सबैभन्दा पहिले राजनीति ठीक हुनुपर्ने बताउनुभएको छ ।
काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादेविरुद्ध १५ लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
ग्रामीण क्षेत्रमा चरा, वन्यजन्तु संरक्षणको सन्देश दिने उद्देश्यले उत्सवको आयोजना गरिएको पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिनुभयो ।
प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले भारतले नेपालसँग अझ राम्रो सम्बन्ध बनाएर जान चाहेको बताउनुभएको छ ।
बाँकेको नरैनापुर गाउँपालिका –१ मा पर्ने कटकुइँया नजिक रहेको ‘पन्नहवादेवी समय माता मन्दिर’ ले प्रचुर मात्रामा धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको छ ।
पश्चिम नेपालका हिमाली र पहाडी जिल्लामा समेत आयोडिनयुक्त नुनको सेवन गर्नेहरु बढ्दै गएको छ। आयोजिन नुन खानेको संख्या ९० प्रतिशत पुगेको नेपालगन्जमा आयोजित एक कार्यक्रममा जनाइएको छ।
राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी टेलिभिजनका लागि अन्तर्वार्ता कार्यक्रमका प्रस्तोता टकर कार्ल्सनलाई बिहीबार दिएको अन्तर्वार्तामा युक्रेनमा रूसलाई परास्त गर्न ‘असम्भव’ छ भनेर पश्चिमा मुलुकले बुझ्नुपर्ने बताउनुभएको छ ।
वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै पाँच लाख रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले लामो समयपछि बेवारिसे सवारी साधनहरुको लिलामी प्रक्रिया अगाडी बढाएको छ ।