• १ जेठ २०८२, बिहिबार

नयाँ दलबाट संविधानमाथि प्रहार भइरहेको छ : महामन्त्री थापा

blog

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा । फाइल तस्बिर

काठमाडौं, माघ २६ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ राजनीतिक दलबाट संविधानमाथि प्रहार भइरहेको आरोप लगाउनुभएको छ । शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उहाँले निर्वाचनमा भाग लिएको जस्तो देखिए पनि इतिहासलाई मेटाउने, संघर्षका दिनलाई मेटाउने काममा लागेको बताउनुभयो । उहाँले आफू जादुगर हुँ भन्दै आउनेहरु लोकरिज्याइँको राजनीति गरेर संविधानमाथि निरन्तर प्रहार गरिरहेको बताउनुभयो । 

उहाँले संविधानमाथि प्रहार गर्नेहरुलाई चिनेर चिरफार गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति लक्षित गर्दै विगतको अध्याँरोको बारेमा चर्चा गरेर अहिलेको कामलाई ओझेलमा पार्ने काम गरिरहेको बताउनुभयो ।

महामन्त्री थापाले नेपाली कांग्रेसलाई देशमा संकट छ भन्ने छुट नरहेको बताउनुभयो । उहाँले देश सम्हाल्ने काम कांग्रेसको भएको बताउनुभयो । उहाँले सुशासनलाई पार्टीले मन्त्र बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।