• १५ मंसिर २०८१, शनिबार

सरकारको विकल्प तयार छैन : झलनाथ खनाल

blog

पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल। तस्बिर : ठाकुरप्रसाद आचार्य

साधन घर्ती 

म्याग्दी, माघ २६ गते। पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले वर्तमान सरकारको विकल्प तयार भइनसकेको बताउनुभएको छ।

पार्टीको भातृ सङगठन युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष कृष्णकुमार विश्वकर्माकी आमाको श्रद्धाञ्जली सभामा शुक्रबार म्याग्दी सदरमुकाम बेनीमा आउनुभएका नेता खनालले पत्रकारसँगको संक्षिप्त कुराकानीमा यस्तो बताउनुभएको हो। नेता खनलाले विकल्पको आधार तयार नहुँदासम्म वर्तमान सरकारले निरन्तरता पाउने बताउनुभयो ।

‘‘वर्तमान सरकार परिवर्तन गर्नका लागि विकल्प तयार भइसकेको छैन,’’ उहाँले भन्नुभयो। 

एमाले सहितको कम्युनिष्ट पार्टीको एकता  आवश्यकता रहेको उहाँको भनाइ छ। पार्टीको राष्ट्रिय महाधिवेशनले कम्युनिस्ट आन्दोलनलाई व्यापक रुपमा अगाडि बढाउने बताउनुभयो। समाजवादी मोर्चालाई नयाँ ढङ्गले अघि बढाउनुपर्ने  आवश्यकता रहेको उहाँले प्रष्ट पार्नुभएको छ।