म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण सफल भएको छ ।
धनकुटा नगरपालिका–१, सुकेपोखरीस्थित संसारी सुकेपोखरी सामुदायिक वन उपभोक्ता समिति अन्तर्गत करिब पाँच हेक्टर क्षेत्रफलमा करिब एक हजार पाँच सयभन्दा बढी उत्तिसका रुख छन् । सबै रुख करिब ४२ वर्षमाथिका छन् ।
निश्चित प्रयोजनका लागि राज्यले हदबन्दीभन्दा बढी राख्न दिएको जग्गा कबुल गरेको भन्दा फरक क्षेत्रमा प्रयोग गर्न पाइने कानुनी व्यवस्था गरेर सरकारले गरेको निर्णय विवादित बनेको थियो । गिरी परिवारले भूमिसुधार ऐन आउनुअघि नै २०२० सालमा बिर्तामोड नजिकै चिया खेती र अन्य कृषिजन्य उत्पादनका लागि ‘गिरी बन्धु टी स्टेट’ नामको कम्पनी खोलेका स्मरणीय छ । नयाँ ऐन आएपछि उक्त कम्पनीले कानुन अनुसार नै हदबन्दी छुट माग गरेकाले तत्कालीन सरकारले उसलाई चिया
“कुनै पनि राजनीतिक प्रणाली जनताको जीवनस्तर उकास्ने एक साधन मात्र हो, साध्य होइन । राजनीतिक प्रणाली समाज विकासको विशिष्ट आवश्यकताको उपज हो । त्यसैले इतिहासका विभिन्न कालखण्डमा समाजको विशिष्ट आवश्यकता अनुसार राजनीतिक प्रणाली वा वादको जन्म र विकास भएको पाइन्छ । युरोपको औद्योगिक क्रान्ति र पुँजीवादको तीव्र विकाससँगै श्रमको चरम दोहनको जगमा माक्र्सवादको जन्म भयो ।” –पुष्पकमल दाहाल ‘प्रचण्ड’
बागमती प्रदेश सरकारले बागमती प्रदेश सभा प्रतिनिधित्व गर्ने नेकपा एमालेलगायतका विपक्षी दलहरूसँग विगतमा भएका सहमति कार्यान्वयन नगरेपछि विपक्षी दलहरूले मोर्चाबन्दी थालेका छन् । प्रदेश सरकारले गत असारमा चालु आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउँदा गरेका सहमतिको पालना नगरेको र प्रदेश सभाको अधिवेशन आह्वानमा ढिलाइ गरेपछि प्रदेश सभामा रहेको प्रमुख विपक्षी दल नेकपा एमालेसहित विपक्षी दलहरू मोर्चाबन्दीमा लागेका हुन् ।
कोभिड सङ्क्रमणको सफल नियन्त्रण होस् वा समष्टिगत अर्थव्यवस्था कुशलतापूर्वक सञ्चालन गरेर होस् भियतनामका राजनीतिज्ञले आफ्नो सफलताका गाथा विश्वसामु प्रस्तुत गरेका छन् । केही समयअघि विश्व मानव पुँजी सूचकाङ्कमा विश्वका १५७ देशमा भियतनामले ४८ स्थान हासिल गरेको छ । यही क्रममा प्राथमिक शिक्षामा भियतनामले हासिल गरेको सफलतालाई लिएर भियतनाम फेरि चर्चामा आएको छ । विश्व मानव पुँजी सूचकाङ्कमा समावेश भएका सूचकाङ्कमध्ये
हुम्लामा दुई दर्जन बढी सरकारी कार्यालयहरू कार्यालय प्रमुख विहीन भएको पाइएको छ । लामो समयदेखि कार्यालयहरू प्रमुख विहीन भएपछि सेवाग्राहीले सास्ती भोग्नु परेको छ ।
युगले मानिसलाई जन्माउँदो रहेछ । हाम्रो मुलुकमा यस्ता धेरै महापुरुष जन्मिए, जसले केही न केही सद्गुण समाजलाई दिएर गए । जिउँदो छँदा ती व्यक्तिको विशिष्ट पहिचान थाहा हुँदैन, मृत्युपछि गुणगान गाउँछौँ । यो नेपाली समाजको विशेषता हो । नेपाली धर्तीमा समाज परिवर्तन गर्नका लागि राजनीतिक, सामाजिक, आर्थिक, साहित्यिक तथा साङ्गीतिक क्षेत्रमा विशिष्ट योगदान दिएका धेरै व्यक्तिको जन्म भयो । राजनीतिक क्षेत्रमा प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा समाजवादी चिन्तनका शिखर पुरुष बिपी कोइराला, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई केही उदाहरण हुन् ।
नेपाल कम्युनिस्ट पार्टी एमाले दोलखाको १० औँ अधिवेशनबाट निवर्तमान अध्यक्ष नरबहादुर श्रेष्ठ पुनः अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
वर्तमानको तथ्य र यर्थाथले भन्छ– सरकारको योजनाबद्ध प्रयासले मुलुकको ऊर्जा क्षेत्रमा देखिने गरी प्रगति भएको छ । एकपछि अर्को व्यावहारिक र वस्तुनिष्ठ नीति, लगानीमैत्री वातावरण र आर्थिक समृद्धिको मेरुदण्ड नै भएका कारण यस क्षेत्रले अपेक्षित प्रगति गर्दै गएको छ । एकपछि अर्को गर्दै सकारात्मक नतिजा हासिल भएको छ । प्रगतिको यही आलोकमा सरकारले अब बहुउद्देश्यीय प्रकृतिका ठुला जलाशययुक्त आयोजनालाई अगाडि बढाउने तयारी गरेको छ । केही आयोजना ‘रेडी टु गो’ को अवस्थामा पुगेका छन् । नदी प्रवाही प्रकृतिका आयोजनाले मात्रै मुलुकको समग्र आवश्यकतालाई सम्बोधन गर्न सक्दैन । निर्माणमा रहेका तीन हजार पाँच सय मेगावाट क्षमताका अ
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले चैते धानको क्षेत्र विस्तारका लागि बिउ उत्पादन गर्न बृहत् परियोजना बनाउन लागेको छ । धानमा आत्मनिर्भर हुन चैते धान उत्पादनमा जोड दिएको सरकारले बिउको व्यवस्थाका लागि परियोजना बनाउन लागेको हो । नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले धानमा आत्मनिर्भर हुने एक मात्र उपाय चैते धान नै हो भन्नुभयो । चैते धान उत्पादनका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सम्पूर्ण तयारी पूरा गरेको छ । त्यसका लागि बिउ अपुग हुने देखिएपछि परियोजना नै बनाएर बिउ उत्पादनमा जोड दिइने उहाँले बताउनुभयो । सरकारको कृषि नीति तथा उत्पादन वृद्धिका कार्यक्रमलाई सफल बनाउने उद्देश्यले नार्कले बृहत् बिउ उत्पादन परियोजना ल्याउन लागेको हो ।
गुल्मीमा रुरुक्षेत्र गाउँपालिका वडा नम्बर २ ग्वादीका बाँदर पीडित किसानलाई गुलेली र मटेङ्ग्रा प्रदान गरिएको छ । गाउँमा बाँदर आतङ्क बढेपछि यहाँका किसानलाई गुलेली र मटेङ्ग्रा प्रदान गरेको छ ।
आगामी वैशाखमा लगानी सम्मेलन गर्ने तयारीमा जुटेको सरकारले तीन महिना बाँकी रहँदा लगानीका व्यवधान मानिएका विभिन्न ऐनका व्यवस्था संशोधन तथा खारेजीका लागि संसद्मा संशोधन विधेयक ल्याउने भएको छ । तेस्रो लगानी सम्मेलन निर्देशक समितिको बिहीबार सम्पन्न बैठकले सरकारले गठन गरेको कार्यदलले तयार गरेको प्रतिवेदन र त्यसमाथि लगानी सम्मेलन कार्यान्वयन समितिको बैठकको सुझावसमेत समेटेर संसद्मा विधेयक पेस गर्ने निर्णय गरेको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
गायिका टीका प्रसाई र गायक सञ्जीव पराजुलीको आवाज रहेको नयाँ गीत ‘बरु मौनता बढोस्’ सार्वजनिक भएको छ । प्रणय दिवस सप्ताहको अवसर पारेर बिहीबार युट्युबमार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।