प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले रिक्त रहेका विभिन्न २५ पदमा हुने उपनिर्वाचनका सम्बन्धमा आइतबार उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गर्नुभएको छ।
चितवनको इच्छाकामना गाउँपालिकाले गाई तथा भैँसीका लागि बिमा र पशु सुत्केरी स्याहार भत्ता कार्यक्रम ल्याएको छ । किसानलाई पशुपालन व्यवसायमा आकर्षण गर्न र दूधको उत्पादन बढाउन उक्त कार्यक्रम ल्याइएको हो ।
चितवन मेडिकल कलेजले सञ्चालनमा ल्याएको ‘सिएमसी क्यान्सर इन्स्टिच्युट’ले सरकारले तोकेको शुल्कमै क्यान्सरको उपचार गर्दै आएको छ ।
धनुषाको मिथिला नगरपालिका–५, श्रीपुरस्थित औरही खोलाबाट भइरहेको अवैध उत्खनन रोक्न सरोकारवाला निकायले चासो नदेखाएपछि स्थानीवासी अग्रसर भएका छन्।
वालिङ नगरपालिकाले लोकसेवा आयोगका तयारी कक्षा सुरु गरेको छ । बढ्दो शैक्षिक बेरोजगार न्यूनीकरण गर्न र युवा शक्तिलाई स्वदेशमै अड्याउने उद्देश्यले नगरपालिकाले तीन महिने तयारी कक्षा सुरु गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजातिको ज्ञान र सीपलाई संरक्षण एवम् प्रवर्द्धन गरेर राष्ट्रिय आय वृद्धि गर्न पहल गर्ने बताउनुभएको छ ।
गोरखा सिरानचोक गाउँपालिका-६ नयाँसाघुमा भएको निःशुल्क मुटु जाँच स्वास्थ्य शिविरबाट एक हजार भन्दा बढी लाभान्वित भएका छन् ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) सुनसरीले हिसान स्पोर्टस् मिट २०८० सम्पन्न गरेको छ । साप्ताहिक कार्यक्रम समापनको अवसर पारी हिसान सुनसरीले जिल्लास्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न गरेको हो ।
गुल्मी–तम्घास घर भएका रामकृष्ण देब्रे घाँटीमा घाँडो आएपछि क्यान्सर नै भयो भनी अत्तालिएर सेटेलाइट क्लिनिकको राजधानी मानिने बुटवलमा र त्यसपछि भरतपुर पुगी एफ एन ए सी. तथा वायोप्सी नै गराए ।
तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दमौलीलाई भौतिक पूर्वाधार तथा जनशक्तिको अभाव भएकोे छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा निर्माणाधीन उच्च क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्र पूरा गर्ने लक्ष्यसहित २२०/१३२ केभी क्षमताको सबस्टेसन निर्माण सक्ने गरी काम अघि बढाइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
कपिलवस्तुमा ४ केजी ६४६ ग्राम लागुऔषध चरेससहित एक महिला पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरले कृष्णनगर नगरपालिका –२ बाट ३८ वर्षीया वासु घर्तीलाई पक्राउ गरेको हो ।
मधेश प्रदेशमै पर्यटकीय नगरको पहिचान बनेको बर्दीबासमा अब सडक खाना महोत्सव (रोड फुड फेस्टिभल) आयोजना गरिने भएको छ ।
नेपालगञ्जका अग्रज पत्रकार तथा साहित्यकार गणेशबहादुर जिसीको कथा सङ्ग्रह मृत्युफूलको विमोचन गरिएको छ । कथा, कविता र नाटक विधामा रुची राख्ने साहित्यकार जिसीको यो सातौं कृति हो ।
कोषको यही माघ १६ गते बसेको बोर्ड बैठकले पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका भौतिक संरचना हटाउने निर्णय गरेसँगै अहिले विकास कोषसहित काठमाडौँ महानगरको प्राविधिक टोली जग्गाको सिमाङ्कनसहित खोजी कार्यमा जुटेको हो ।