झापामा अविरल वर्षाका कारण विभिन्न खोला तथा खोल्सामा आएको बाढीका कारण आवतजावतमा समस्या हुन थालेपछि झापाको हल्दिबारी गाँउपालिका र शिवसताक्षी नगरपालिकाले सबै विद्यालयहरु बन्द गर्न निर्देशन दिएका छन् ।
पश्चिमी कोलम्बियाको टोलुआस्थित कारागारमा मङ्गलबार कैदीहरूबीचको झगडाले उग्ररूप लिँदा ५१ जनाको मृत्यु भएको छभने २४ जना सुरक्षाकर्मी घाइते भएका छन् । आपसी झगडाको क्रममा एकजना कैदीले सुत्न प्रयोग गरिने एउटा गद्दामा झोसेको आगो कारागारमा फैलिएर उनीहरूको मृत्यु भएको हो । कोलम्बियाका अधिकांश जेलमा कैदीको भीडभाड हुने गरेको छ । टोलुआस्थित कारागारमा पनि क्षमताभन्दा बढी बन्दी राखिएको छ ।
रेसुंगा नगरपालिकाले निर्माण गरेको हाटबजार अहिले गाडी पार्कको रुपमा परिणत भएको छ । किसाले उत्पादन गरेका वस्तुलाई सहज रुपमा विक्री वितरण गर्ने उद्देश्यले निर्माण गरिएको गुल्मी तम्घास बजार नजिकै चारिखोलामा रहेको हाटबजार अहिले नगरपालिकाका सवारी साधन र विद्यालयको बस पार्किङको रुपमा परिणत भएको छ ।
भवन अभावमा विद्यार्थीहरु खुला चौरमा पढ्न बाध्य छन् । तर, ५० लाख रुपियाँको विद्यालय भवन निर्माण सम्पन्न नहुँदै जिर्ण बनेको छ । निर्माणाधिन भवन तीन वर्षदेखि अलपत्र छोड्दा माकुराले जालो लगाएको छ भने भित्ताका ढुङ्गा खस्न थालेका छन् ।
गएरातीबाट शुरु भएको बर्षाले बाँके जिल्लाका नदी र खोलाहरुमा पानीको सतह बढ्न थालेपछि संवेदनशिल क्षेत्रमा ‘हाइ अलर्ट’ (उच्च सतर्कता) अपनाईएको छ । यस वर्ष बाढी र डुबानबाट जिल्लाका ५० हजार नागरिक प्रभावित हुने आकलन पहिलेनै गरिसकेकोले मनसुन शुरु भै नदी खोलाहरुमा पानी बढ्न थालेपछि जिल्लामा हाइ अलर्ट जारी गरिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको स्वाधीनताको रक्षा एवम् समाजवादको आधार निर्माण गर्ने अभियानमा अघि बढ्न नेता कार्यकर्तामा आव्हान गर्नुभएको छ ।
संस्कृति, कला, भाषामा समुदायको अस्तित्व देख्नुहुने सेलो गीतकार फूलकुमार बम्जन हाल आफ्नो सपनालाई साकार पार्ने लयमा मेहनत गरिरहनुभएको छ । सिन्धुली कमलामाई–२, खोल्मेडाँडाका बम्जनलाई समुदायको अस्तित्वसँग जोडिएका सामग्री बाजा, पुस्तकलाई डोकोभरि सजाउनुभएको छ ।
राष्ट्रिय धान दिवसको दिन बुधबार बिहानै खुमलटारमा रोपाइँ गरेर धान दिवस मनाइएको छ ।
मोसफलका विमानस्थलबाट हवाई सेवा लिँदा काठमाडौँमा जानकारी लिएर जहाज चढ्न विमानस्थल जानुपर्ने अवस्थाको अन्त्य भएको छ । काठमाडौँ बाहिरका विमानस्थलमा रात्रि बिसान गरेका जहाजले पहिलो उडान सुरु गरेसँगै राजधानी बाहिरका विमानस्थलबाट बिहानै यात्रु सङ्घीय राजधानी काठमाडौँ आइपुगेका छन् ।
कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको चलचित्र ‘गोर्खा : बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा कुलवीर थापाले जर्मनसँगको युद्धमा देखाएको बहादुरीलाई प्रस्तुत गरिएको छ । ट्रेलर सार्वजनिकसँगै आगामी भदौ २४ गतेलाई चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरिएको छ ।
सर्वोच्च अदालतले फेवातालको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । स्थानीय तह निर्वाचनको मुखैमा तत्कालीन नगर कार्यपालिकाको चैत १६ गतेको बैठकबाट मापदण्ड हेरफेर गरिएको थियो । तालको ६५ मिटर क्षेत्रसम्म भौतिक संरचना बनाउन नपाइने मापदण्ड संशोधन गरेर महानगरले ३० मिटर कायम गरेको थियो । सर्वोच्चले यसअघि नै ६५ मिटर क्षेत्रभित्र बनाइएका भौतिक संरचना हटाउन नेपाल सरकारका नाममा परमादेशसमेत जारी गरिसकेको अवस्थामा फैसला कार्यान्वयनको सट्टा मापदण्ड संशोधन गरिएको थियो ।
बर्सेनि बाढी प्रभावित हुने कैलालीको टीकापुर नगरपालिकाले विपत्बाट बच्न पूर्वतयारी गरेको छ । बर्सेनि बाढी र डुबानबाट प्रभावित हुने टीकापुर नगरपालिकाले यस वर्ष मनसुन आउनुपूर्व नै आर्थिक, भौतिक र व्यवस्थापकीय तयारी गरेको हो ।
पेट्रोलियम पदार्थको मूल्य लगातार बढे पनि स्थानीय बजारमा माग भने घटेको छैन । मूल्य बढ्दा माग घट्ने अपेक्षा गरिए पनि पेट्रोलियम पदार्थको खपत वार्षिक रूपमा १० प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाउँछ । गत वर्षको तुलनामा सवारीसाधनको प्रयोग र बिक्री वितरण पनि बढ्दा पेट्रोलियमको मूल्य बढे पनि यसको खपत नघटेको हो । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल र डिजेलको खपत वार्षिक १० प्रतिशतका दरले बढेको छ । “मूल्य बढे पनि पेट्रोलियम पदार्थको खपत घटेको देखिँदैन,” उहाँले भन्नुुभयो, यो वर्ष इन्धनको परिणाम र मूल्य दुवै बढेको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको ‘बहुभाषिक नाट्य उत्सव २०७९’को दोस्रो दिन पुरानो घर समूह रौतहटको थारु भाषाको ‘कनन हरलता’, मञ्चन भयो । असार १२ देखि १८ गतेसम्म सञ्चालन हुने उत्सवमा विभिन्न भाषाभाषीको ७ वटा नाटक मञ्चन हुँदैछ ।
लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत दोलखाको तामाकोसीमा रहेको सडक पुल निर्माणमा ढिलाइ हुँदा जोखिम बढेको छ । दोलखाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिका जोड्ने पुलको जग र पिलरमात्रै बनाएर अलपत्र छाडिएका कारण तामाकोसी नदीको पुरानो पक्की पुलसमेत जोखिममा परेको बताइएको छ ।