• १३ मंसिर २०८१, बिहिबार

दुर्व्यसन विरुद्धको अभियान अन्तर्गत विद्यालयमा फ्यान क्लब गठन

blog

लागूपदार्थ दुर्व्यसन विरुद्धको अभियान अन्तर्गत सुनसरीको सीमावर्ती देवनागञ्ज गाउँपालिका-३ कप्तानगञ्जको कृष्ण माध्यमिक विद्यालयमा फ्यान क्लब गठन। तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, माघ २२ गते । लागूपदार्थ दुर्व्यसन विरुद्धको अभियान अन्तर्गत सुनसरीको सीमावर्ती देवनागञ्ज गाउँपालिका-३ कप्तानगञ्जको कृष्ण माध्यमिक विद्यालयमा फ्यान क्लब गठन गरिएको छ। सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुनसरीको परिपत्र अनुसार इलाका प्रहरी कार्यालय देवनागञ्ज र शिक्षा शाखाले कृष्ण माविमा लागूपदार्थ दुर्व्यसन विरुद्धको अभियान फ्यान क्लब गठन गरिएको हो ।

विद्यालयमा प्रमीलाकुमारी मेहताको संयोजकत्वमा १३ सदस्य समिति गठन गरिएको छ । फ्यान क्लबको सदस्य सचिवमा सुरजकुमार मेहता, सदस्यहरूमा अनिलाकुमारी मेहता, शङ्कर यादव, सनम पण्डित, नेहाकुमारी मेहता, सुनज पण्डित, शोभाकुमारी राम, रुपेश कुमार मेहता, गिरीसा मेहता, आर्यन मेहता, अन्जुकुमारी मेहता र संरक्षणका शिक्षक गणेशप्रसाद मेहता रहनुभएको छ । 

फ्यान क्लब गठन कार्यक्रममा जिल्ला सल्लाहकार जयकृष्ण यादव, देवनागञ्ज शिक्षा शाखा प्रमुख राजकुमार मेहता, इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख प्रहरी निरीक्षक महेश भट्टराई, प्रधानाध्यापक उमेश प्रसाद मेहता सहितको उपस्थिति थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै फ्यान क्लब जिल्ला सल्लाहकार समितिका जयकृष्ण यादवले लागूपदार्थ दुर्व्यसनले व्यक्ति, परिवार, समुदाय, समाज र गाउँ, टोल हुनै देशलाई असर पार्ने भएकाले सबैले मिलेर लागूपदार्थ दुर्व्यसनको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । 

यादवले पर्दा दुर्व्यसनमा लागेकाहरूले रोग किन्न पनि पैसा लाग्ने र निदान गर्न समेत पैसा लाग्ने र सामाजिक, आर्थिक, पारिवारिक रूपमा समेत क्षति हुने भएकाले त्यसमा लागेकालाई उद्धार गर्नुपर्ने, नलागेकाहरूलाई जोगाउन फ्यान क्लबको महत्त्वपूर्ण भूमिका रहने भएकाले सोही अनुसार काम गर्न आग्रह गर्नुहुँदै पदाधिकारीहरूलाई बधाई दिनुभयो।