• १६ चैत २०८०, शुक्रबार

धान रोपेर रमाए बालबालिका

blog

तस्बिर : विकास द्वारे

यलु जोशी 

काठमाडौं, असार १५ गते। हाम्रो संस्कृति हामीले बचाउनुपर्ने उद्देश्यले बालबालिकाले असार १५ गते हिलो खेल्दै धान रोपेर मनाएका छन्। राष्ट्रिय धान दिवसको अवसर विभिन्न स्कुलबाट आएका बालबालिकाले कोही धान रोपेर त कोहीले हिलो खेलेर रमाइलो गरेका हुन्।

 मध्यपुरथिमी लोकन्थलीस्थित भक्तपुर निस्ट माध्यमिक विद्यालयका स–साना बालबालिकालाई असार १५ र धानको  महत्त्व बुझाउन रोपाइँ गर्न लगाएको विद्यालयको शिक्षिका साधना शर्माले जानकारी दिनुभयो। उहाँले बालबालिकालाई सानैदेखि नैतिक शिक्षाको आवश्यकता पर्ने भएकाले असार १५ मा धान रोप्न लगाएको बताउनुभयो।


 विद्यालयका शिक्षक ज्ञानु श्रेष्ठले बालबालिकालाई हामीले खाने खाना (भात) कसरी आउछ भन्ने बुझाउने उद्देश्यले रोपाइँमा सहभागी गराएको जानकारी दिनुभयो।  किसानले कति मिहिनेतका साथ रोपाइँ गर्छन् भन्ने कुराको ज्ञान नयाँ पुस्तालाई सिकाउन रोपाइँ कार्यक्रम गरेको उहाँले प्रष्ट पार्नुभयो। 

स–साना बालबालिका पानी र माटोमा रमाएर धान रोप्न सक्रिय थिए। धान रोप्न सिकाउँदै गर्नुभएको सूर्जमाया द्वारेले हाम्रो संस्कृति र परम्पराको संक्षण गर्नका लािग यस्तो नैतिक शिक्षाको महत्त्व रहेको उल्लेख गर्नुभयो।

 

बोलीचालीको भाषामा आफ्नो व्यस्तता दर्शाउन पनि ‘मलाई अहिले असारको पन्ध छ’ भन्ने गरिन्छ। रोपाइँ गर्दा आफ्ना दुःख, पीर तथा जीवनका घटनालाई असारे गीत गाएर पोख्ने गरिन्छ। यसै अवसरमा केही समुदायमा असारे गीतमा जुहारी खेल्ने पनि गरिन्छ।