• २८ वैशाख २०८१, शुक्रबार

इलामको समालबुङका कृषकद्वारा सडकमै रोपाइँ

blog

इलामको सूर्योदय नगरपालिका ५ समालबुङमा सडकमै धान रोपाइँ गर्दै स्थानीय कृषकहरु । तस्विरः प्रेम अधिकारी

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), साउन १५ गते । इलाम नगरपालिकाको दुलालबेसीमा बेठी लगाएर खेतमा धान रोपी रहँदा इलामको सूर्योदय नगरपालिका ५ समालबुङका कृषकले सडकमै धान रोपेका छन् ।  असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाएर किसानका खेतबारीमा धान रोपाई भैरहँदा सडकको कन्तबिजोग भोगेका समालबुङबासीले भने सडकमै धान रोपेर बिरोध जनाएका हुन् । 

सूर्योदय नगरपालिका ५ समालबुङको सीमा सडकमा धान दिवसका् अवसरमा बुधबार रोपाइ गरिएको हो । स्थानीयको उपस्थितिमा हिलो भएको सडकमा कृषकहरुद्वारा रोपाइँ गरिएको छ । समाल्बुङको सबैभन्दा पुरानो सडक भएपनि अहिले अन्य क्षेत्रबाट सडक निर्माण गरिएपछि हिलाम्मे सडकमा स्थानीयले सडकमा रोपाइँ गरेका छन् । 

सो सडक झापाको काकरभिट्टा हुँदै रोङ गाउँपालिका भएर सूर्योदयको समालबुङ श्री अन्तु पार गर्दै सन्दकपुरको चुचुरोसम्म पुग्छ । जिल्लाका प्राय ग्रामीण क्षेत्रका सडक अहिले हिलाम्मे अवस्थामा रहेका छन् । हिलाम्मे सडकमा धान रोपेर बिरोध गर्ने परम्परा अहिले मौलाउँदैगएको छ । 

समालबुङको सडकमा रोपाइँ भैरहँदा इलाम नगरपालिकाको दुलालबेशीमा धान दिवस कार्यक्रम आयोजना गरिएको छ । इलाम नगरपालिका ४ स्थित दुलालबेशीमा स्थानीयले सामुहिक रुपमा धान रोपेर दिवस मनाएका हुन् । धान दिवसको अवसरमा आयोजित रोपाइँमा इलाम नगरपालिकाका नगरप्रमुख केदार थापाले स्थानीयसँगै धान रोप्नुभयो ।