• २२ वैशाख २०८१, शनिबार

सुमोमा यात्रारत एक यात्रुको मृत्यु

blog

राममणि दाहाल

हेटौँडा, माघ २१ गते । हेटौँडा—काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग हेटौँडा–भीम फेदी–कुलेखानी–फाखेल–फर्पिङ भएर यात्रारत एक यात्रुको मृत्यु भएको छ । काठमाडौँबाट बारातर्फ आउँदै गरेको ना.१ज ७९५८ नं.को सुमोमा सवार बारा कोल्वी नगरपालिका ६ पर्सौनाका द्वारिका चौधरीको मृत्यु भएको हो ।

मकवानपुरको भीम फेदी गाउँपालिका वडा नं. ६ स्थित चिसापानीगढीमा सुमोबाट ओर्लिएर होटलतर्फ खाजा खान जाने क्रममा ६० वर्षीय चौधरी अचानक बेहोस् भई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात् थप उपचारको लागि हेटौँडा अस्पतालमा पठाएकोमा उपचारको क्रममा शनिबार राति १९ः२५ बजे मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ । 

प्रहरीका अनुसार सुमो र सुमो चालक जिल्ला प्रहरी कार्यालय मकवानपुरको सम्पर्कमा रहेको र शव गए राति आफन्तले बुझिलगेका छन्।