• ५ असोज २०८१, शनिबार

विश्व निकेतनको ७८ औं वार्षिकोत्सव

blog

काठमाडौँ, माघ २० गते। त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयले ७८ औं वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको अवसरमा विद्यालयले हालै विविध कार्यक्रमको आयोजना गरेको छ। 

वार्षिकोत्सवको अवसरमा विद्यालयले उत्कृष्ट शिक्षक, कर्मचारी तथा विभिन्न प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ। कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले सिमित स्रोत र साधनका बाबजुद पनि विद्यालयले उत्कृष्ट शिक्षा प्रदान गर्न सफल भएकोमा धन्यवाद दिनुभयो। 

विश्व निकेतनलाई अझै धेरै विद्यार्थीको आकर्षणको केन्द्र बनाउन सबैले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो। विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेलले सबै शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिको सहयोगका कारण विद्यालय अहिलेको अवस्थामा आइपुगेको बताउनुभयो। 

विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुन्छ। कार्यक्रमा काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालयका पुर्व प्रअहरु,  विद्यालय व्यवस्थापन समितिका वर्तमान तथा पूर्व पदाधिकारी, शिक्षक अभिभावक संघका सदस्य, शिक्षक, कर्मचारी, विद्यार्थी, पूर्व विद्यार्थी लगायतको उपस्थिति थियो। कार्यक्रममा विद्यालयको मुखपत्र विश्व उद्यानको विमोचन गरिएको थियो।