• १३ असोज २०८१, आइतबार

बागमतीका सूर्य उत्कृष्ट खेलाडी

blog

उपाधिसहित नेपाल पुलिसका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, माघ २० गते । बागमती प्रदेशका सूर्य तामाङ प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्नुभएको छ । उत्कृष्ट खेलाडीको उपाधिसँगै उहाँले मोटर साइकल पुरस्कार पाउनुभयो ।

सुर्य उत्कृष्ट खेलाडीसँगै प्रतियोगिताको उत्कृष्ट बलर पनि घोषित हुनुभयो । उहाँले प्रतियोगिताको नौ खेलमा ३० विकेट लिनुभएको थियो । बागमती लिगमा तेस्रो बन्दै एलिट कपको लागि छनोट भएको छ । यस्तैउत्कृष्ट ब्याटर मदेश प्रदेशका अनिल शाह, बागमती प्रदेशकै आशुतोष घिराइया उदयमान खेलाडी चुनिनुभयो ।

प्रतियोगिताको उपाधि भने नेपाल पुलिस क्लबले जितेको छ । शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्बललाई ६ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको हो ।