• १३ असोज २०८१, आइतबार

पेन र झाङलाई स्वर्ण

blog

उपाधि विजेता खेलाडी ।

काठमाडौँ, माघ २० गते । थाइल्यान्डका पेन चरुसोर्न र चीनकी जी ये झाङले जे ६० काठमाडौँ जुनियर वर्ल्ड र्‍याङकिङ टेनिस प्रतियोगिताको सर्किट–१ अन्तर्गत सिंगल्स उपाधि जित्नुभएको छ । 

यु–१६ उमेरसमूहको प्रतियोगिताअन्तर्गत ब्वाइजमा पेन र गल्र्समा झाङले स्वर्ण जित्नुभयो । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा शनिबार भएको ब्वाइज फाइनलमा पेनले अमेरिकाका भेन्कत ऋषि बत्लान्कीलाई ६–४ र ६–४ को सोझो सेटमा पराजित गर्नुभयो । 

गल्र्सको उपाधि भिडन्तमा झाङले दक्षिण कोरियाकी सुहा लिलाई सीधा सेटमा ७–५ र ६–२ ले हराउनुभयो । नेपाल टेनिस सङ्घद्वारा आयोजित प्रतियोगितामा ब्वाइज/गल्र्स सिंगल्स र डबल्समा गरी चार स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

डबल्सको ब्वाइजमा थाइल्यान्डका पेन चरुसोर्न र हङकङका सिन हाङ ताम तथा गल्र्समा हङकङकी चिङ लाम र दक्षिण कोरियाकी सुहा लिको जोडी पहिलो हुनुभयो । वाइज/गल्र्समा समान ३२–३२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताअन्तर्गत सर्किट– २ सोमबारदेखि सुरु हुनेछ ।