• १३ असोज २०८१, आइतबार

रमेश र प्रिया पहिलो स्थानमा

blog

काठमाडौँ, माघ २० गते  । ट्रायलमान्डुको आयोजनामा शनिबार नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको तेस्रो चरण सम्पन्न भएको छ ।

झुलेमा सुरु भएर रानीकोटमा सम्पन्न भएको ३० किमी दौडमा पुरुषतर्फ रमेश लिम्बु र महिलातर्फ प्रिया राई पहिलो हुनुभयो । पुरुष दौडमा रमेशले निर्धारित दुरी ३ घण्टा ११ मिनेट ३४ सेकेन्डमा पूरा गर्नुभयो । सुजित जर्घा मगर ३ घण्टा २४ मिनेट ३२ सकेन्ड समय लगाएर उपविजेता र राजा महतारा ३ घण्टा २० मिनेट २८ सेकेन्डमा दौड पुरा गरेर तेस्रो स्थानमा रहनुभयो ।

महिलातर्फ च्याम्पियन बनेकी प्रियाले चार घण्टा पाँच मिनेट ५२ सेकेन्डमा दौड पूरा गर्नुभयो । यसैगरी केभिआर स्टेज रेस च्यालेन्जकै दोस्रो चरणकी विजेता छोकी शेर्पा सात सकेन्डले पछाडि रहेर उपविजेतामा चित्त बुझाउन बाध्य हुनुभयो । छोकीले चार घण्टा पाँच मिनेट ५९ सेकेन्डमा दौड पूरा गर्नुभयो । यसैगरी निर्मला राईले चार घण्टा २७ मिनेट २५ सकेन्ड समय लगाएर तेस्रो स्थान हासिल गर्नुभयो ।

सो स्टेज रेस च्यालेन्सको दोस्रो चरणमा स्वदेशी र विदेशी गरी ९६ धावकधाविकाको सहभागिता रहेको थियो । विजेतालाई नेपाल ओलम्पिक कमिटीका कर्मचारी नीरज श्रेष्ठ र लायन्स क्लब अफ काठमाडौँ न्यु पाथीभराका अध्यक्ष सुरेन्द्र व्यञ्जनकारले पुरस्कार प्रदान गर्नुभयो ।