• २० वैशाख २०८१, बिहिबार

तिलाका महिला हाइड्रोपोनिक प्रविधिबाट हरियो घाँस उत्पादन गर्दै

नेत्र शाही 

जुम्ला, माघ १९ गते । जुम्लाको तिला गाउँपालिका ३ मा हाइड्रोपोनिक प्रविधिबाट पशुवस्तुहरुलाई घाँस र चारो उत्पादन शुरु गरिएको छ । जिल्लाको तिला गाउँपालिका ३ मा महिलाहरुद्वारा स्थापित हिमाली महिला तथा बचत ऋण सहकारी संस्थाले पशु बस्तुका लागि हाइड्रोपोनिक प्रविधिबाट घास तथा चारो उत्पादन गरिएको हो । 

हिमाली बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक मुनिनाथ योगीले गहुँ, जौ, मकैबाट दानासहित घास उत्पादन शुरु गरेको जानकारी दिनुभयो । उहाँले गाईभैसीलाई भिटामिन युक्त घास र खाना उत्पादनमा सहकारीका महिलाहरु अहिले जुटेका बताउदै विस्तारै यो घास बिक्री हुन थालेको छ । उहाँले पहिलो चरणमा ५० केजी सो प्रविधिबाट उत्पादित घाँस बिक्री गरिएको जोड दिनुभयो । 

यसका लागि हिउँदे सिजनमा जाडो हुने भएकाले ग्रिन हाउस बनाइएको छ । यो प्रविधिको लगानी तथा आर्थिक सहयोग यूएसए आईडी र प्राविधिक सहयोग विन्डपावर नेपालले गरिरहेको छ । विन्ड पावर नेपालका प्रमुख कार्यकारी निर्देशक कुशल गुरुङले  चैपायामा निर्भर आहारा, सुख्खायाममा पनि पाउने उद्देश्यले यो प्रविधिबाट चारो तथा घाँस उत्पादन गरिएको छ । उहाँका अनुसार अहिलेको उत्पादन स्थिति हेर्दा एक किलो दानाबाट आठ केजी उत्पादन भइरहेको छ । हिमाली क्षेत्रमा यो प्रविधि पहिलो पटक शुरु गरिएको  दाबी गर्नुभयो । 

हिमाली क्षेत्रमा पहिला पहिला पशुवस्तु तराई क्षेत्रमा झार्ने चलन पनि थियो । अहिले घट्दै गएकाले गाईभैसी, भेडाबाख्रासहित घाँस चौपायाका लागि सामुदायिक स्तरको पहिलो हाइड्रोपोनिक प्रविधि नेपालमै सामुदायिक स्तरको पहिलो भएको दाबी गर्नुभयो । प्रमुख कार्यकारी निर्देशक गुरुङका अनुसार जम्मा रु. पाँच लाख लगानीमा सामग्री प्रविधिमा खर्च भएको छ । जसमा प्लाष्टिक टनेलसहित प्रविधिका सामग्री छन् । 

सहकारी अध्यक्ष सत्यदेवी भट्टराईले चौपायालाई हिउँदे सिजनमा सुख्खा हुने भएकाले हरियो घाँस उत्पादन गर्ने प्रविधि उत्तम भएको बताउदै यो कार्य प्रवर्धन गर्न आवश्यक भएकोमा जोड दिनुभयो र उहाँले १२ घण्टा पानीमा भिजाउने, पखालेर, २४ घण्टा थैलोमा राखेर हरियो घाँस उत्पादन हुँदै आएको जानकारी दिनुभयो । उहाँका अनुसार महिलाहरु अहिले सो कामले खुशी हुन थालेका बताउनुभयो ।