• २ असार २०८१, आइतबार

बार्सिलोनाको कठिन जित

blog

गोल गरेपछि बार्सिलोनाका खेलाडी । तस्बिर : एपी/रासस

काठमाडौँ, माघ १८ गते । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा ओसासुनामाथि कठिन जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई १–० गोलले हरायो ।

बार्सिलोनाको जितमा युवा खेलाडी भिक्टोर रोकुले ६३औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । बार्सिलोनाले प्रशिक्षक जाभी हर्नान्डेजले पदबाट राजीनामा दिने घोषणा गरे लगत्यै जित निकालेको हो । ६७औँ मिनेटमा गार्सियाले रातो कार्ड पाउँदै बाहिरिएपछि १० खेलाडीमा समेटिएको ओसुसुनाको गोल फर्काउने प्रयास सफल हुन सकेन ।

जितसँगै चौथो स्थानमा रहेको बार्सिलोना चौथो स्थानमा छ । बार्सिलोनाको २२ खेलबाट ४७ अङ्क पुगेको छ । पराजित ओसासुना २६ अङ्कसहित १२औँ स्थानमा छ । तेस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको पनि समान ४७ अङ्क छ ।

बुधबार राति नै भएको खेलमा एट्लेटिकोले रायो भालेकानोलाई २–१ गोलले हरायो । लिगको शीर्ष स्थानमा रहेको जिरोनाको ५५ र दोस्रो स्थानमा रहेको रियाल म्याड्रिडको ५४ अङ्क छ । एजेन्सी