• ९ वैशाख २०८२, मङ्गलबार

आयातित ब्याच र खादा प्रयोग नगर्ने फालेलुङको निर्णय

blog

गाउँपालिका कार्यालय र सूचना ।

राधा लुइटेल

फिदिम, माघ १७ गते। पाँचथरको फालेलुङ गाउँपालिकामा आयोजना हुने सार्वजनिक कार्यक्रममा आयातित खादा, ब्याच र माला प्रयोग नगर्ने निर्णय गरेको छ। 

कार्यपालिको बैठकले गाउँपालिकाको बिनियोजित बजेटबाट ब्ययभार हुने सभा, सम्मेलन, तालिम गोष्ठिी सहितका सार्वजनिक कार्यक्रममा यस्ता सामग्री प्रयोग नगर्ने निर्णय गरेको  सूचना सार्वजनिक गरेको हो।

आयातित सामग्रीको साटो स्थानीय स्तरमै फुलाइएका फुलका माला र सल्ला वा पिपलका पातबाट बनाइएका सामग्री र गुच्छा मात्रै प्रयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले बताउनुभयो। 

उहाँका अनुसार प्रयोग नगरी नहुने धार्मिक कार्यक्रममा भने खाँदा प्रयोगमा कडाइ हुने छैन। यस्ता सामग्रीको प्रयोगले खर्च बढाउनका साथै वातावरणीय प्रभाव पर्ने गाउँपालिकाको निष्कर्ष छ। यो निर्णय गाउँपालिकामा रहेका सबै सरकारी कार्यालय, शैक्षिक र सामाजिक संस्थामा लागु हुनेछ।

कुनै पनि निकायले यस्ता सामग्री खरिद गरेर बिल भपाई पेश गरे त्यसको भुक्तानी समेत नहुने गाउँपालिकाले जनाएको छ।