• १ जेठ २०८२, बिहिबार

हेलम्बुमा जिप दुर्घटना : घाइतेको उपचार काठमाडौँ

blog

घाइतेलाई हेलिकप्टरबाट राजधानीको ट्रमा सेन्टरमा उपचारका लागि लगिँदै।

चित्र मिजार

सिन्धुपाल्चोक, माघ १७ गते। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ मा जिप दुर्घटना हुँदा घटनास्थलमै दुई भुटानी नागरिकको मृत्यु भएको छ। पाँच जना गम्भीर घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार हेलम्बुको दोरिङ भिरबाट बा २ च ४४५० नम्बरको जिप खस्दा भुटानी नागरिकको मृत्यु भएको हो। उक्त जिपमा एक नेपाली चालक र अन्य भुटानी नागरिकसहित ६ जना सवार थिए।

उक्त जिप दुर्घटनामा परेर मृत्यु हुनेमा ७१ वर्षीया तेन्जिन वाङमो, ३३ वर्षीय टग्प गेङ रहेको इप्रका हेलम्बुका प्रहरी निरीक्षक मनोजकुमार श्रेष्ठले जानकारी दिनुभयो। 

घाइते हुनेमा चालक हेलम्बु गापा–२ निवासी रामचन्द्र भण्डारी, भुटानी नागरिक गर्चा, हिसी, फुक्सिदोर्जे र थुक्छिरिङ छन्। हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले घाइते सबैलाई हेलिकप्टरबाट काठमाडौँको ट्रमा सेन्टरमा उपचारका लागि लगिएको पठाइएको जानकारी दिनुभयो। 

गम्भीर घाइते भएका पाँच जनालाई हेलम्बु स्वास्थ्य केन्द्रमा उपचार गरी राजधानी पठाइएको हो। घाइतेको टाउको, हात र खुट्टामा गहिरो चोट लागेको छ। 

जिप हेलम्बुको मिलारेपा गुफा दर्शनका लागि जाँदै थियो। गुम्बा जाने कच्ची सडकमा जिप अनियन्त्रित भएर ५० मिटर तल खसेको प्रहरी कार्यालयले जनाएको छ। हेलम्बु क्षेत्रमा २९ भुटानी नागरिक भ्रमणमा थिए। 

यो पनि पढ्नुहोस