• ३१ वैशाख २०८२, बुधबार

सुविधासम्पन्न बन्दै जिल्ला अस्पताल

blog

 रामेछाप समाचारदाता

रामेछाप, माघ १६ गते । रामेछाप नगरपालिका–८ मा रहेको जिल्ला अस्पताल रामेछाप सुविधासम्पन्न बन्दै गएको छ । बागमती प्रदेश सरकार अन्तर्गत सञ्चालित यो अस्पताल २०२० सालमा रामेछाप हेल्थ सेन्टरका रूपमा स्थापना भएको थियो । २०५० सालमा १५ शøयाको अस्पतालमा स्तरोन्नति भएको थियो । मुलुक सङ्घीय संरचनामा गएपछि आर्थिक वर्ष २०७५÷७६ बाट बागमती प्रदेश सरकार अन्तर्गत अस्पताल सञ्चालनमा रहेको छ । 

अहिले आकस्मिक सेवाको पाँच शøया, २५ शøयाको वार्ड, आइसियु दुई शøया र डायलासिस पाँच शøया गरी ३७ शøया रहेको यो अस्पताल चालु आव २०८०÷८१ बाट ५० शøया सञ्चालनका लागि स्वीकृत भएको छ । सेवासुविधा विस्तार गर्दै लगे पनि यो अस्पताल अपेक्षित मात्रामा सर्वसाधारणको रोजाइमा पर्न भने सकेको छैन । यो अस्पतालबाट गत आव २०७९÷८० मा २० हजार ४१४ जनाले उपचार सेवा लिएका थिए । चालु आवको मङ्सिरसम्म जम्मा १० हजार ६३५ जनाले उपचार सेवा लिएका छन् । यो तथ्याङ्कलाई हेर्दा यो अस्पतालबाट दैनिक ७१ जना र मासिक दुई हजार १२७ जनाले उपचार सेवा लिइरहेका छन् । अपेक्षित मात्रामा स्वास्थ्य सेवा लिने नागरिक अस्पताल नपुग्दा बर्सेनि अस्पतालमा विभिन्न सेवा सञ्चालनका लागि आएको करोडौँ बजेट फ्रिजसमेत हुने गरेको छ ।

सेवाग्राहीको पहुँचमा पुग्न सकेन सेवा

अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. केशव श्रेष्ठ अस्पतालबाट उपलब्ध हुने सेवाका बारेमा आमनागरिकमा जानकारी नहुँदा अपेक्षित रूपमा अस्पतालमा बिरामी नआएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “जिल्ला अस्पताल रामेछाप सुविधासम्पन्न बन्दै गएको छ । यो अस्पतालबाट निःशुल्क रूपमा धेरै सेवा प्रवाह भइरहे पनि यसका बारेमा सबै नागरिकलाई जानकारी नहुँदा यहीँ पाइने सेवा लिन काठमाडौँलगायतका अस्पताल गइरहेका छन् ।” यातायातको असुविधाका कारण पनि अस्पतालले प्रवाह गर्ने सेवाहरू सेवाग्राहीको पहुँचमा पुग्न नसकेको उहाँको भनाइ छ । 

अस्पतालले भर्ना भएका बिरामीलाई निःशुल्क खाना, खाजा र निःशुल्क शøयाको व्यवस्था गरेको छ । त्यस्तै गर्भवती महिला र कुरुवालाई मातृगृहमा निःशुल्क बस्ने र खाने, थाइराइड जाँच, भिटामिन, कल्चरलगायतका ल्याबसम्बन्धी विशेष जाँच निःशुल्क गर्दै आएको छ । यसबाहेक मुख्यमन्त्री जनता स्वास्थ्य जाँच कार्यव्रmममार्फत विभिन्न स्वास्थ्य जाँच तथा उपचार सेवा निःशुल्क प्रदान गर्दै आएको छ । अस्पतालले सामाजिक सेवा एकाइ, मानसिक स्वास्थ्य सेवा, नाक, कान, घाँटी रोगसम्बन्धी जाँच, ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दन्त सामग्री वितरणलगायतका सेवा निःशुल्क सञ्चालन गरिरहेको छ । 

त्यसै गरी विपन्न नागरिक उपचार कोषद्वारा हेमोडायलाइसिस सेवा, आमा सुरक्षा कार्यव्रmम, नवजात शिशु स्वास्थ्य स्व्रिmनिङ तथा उपचार, प्रसूतिलगायतका सेवा अस्पतालले निःशुल्क रूपमा सञ्चालन गर्दै आएको छ ।  

जिल्ला अस्पताल रामेछापले आफ्नो सेवालाई व्यापक मात्रामा विस्तार गरेको अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष यामकुमार पाख्रिनले बताउनुभयो । ५० शøयाको यो अस्पतालबाट धेरै स्वास्थ्य जाँच तथा उपचार सेवा सञ्चालन भइरहँदा पनि यसको आवश्यक प्रचारप्रसार र यातायात सुविधा नहुँदा अपेक्षा गरे अनुसारका नागरिक उपचारका लागि अस्पताल नआएको उहाँको भनाइ छ । “जिल्ला अस्पताल रामेछाप सुविधासम्पन्न बन्दै गएको छ तर यहाँ उपचारका लागि आउने नागरिकलाई यातायातको  सुविधा छैन, जसका कारण यहाँको सेवासुविधा अपेक्षित रूपमा सर्वसाधारणको पहुँचमा पुग्न सकेको छैन,” उहाँले भन्नुभयो । अस्पतालको सेवा धेरैभन्दा धेरै नागरिकको पहुँचमा पु¥याउन अहिले जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको समन्वयमा संयुक्त नगरबस सञ्चालनका लागि अस्पतालले पहल गरिरहेको उहाँको भनाइ छ ।