• २१ वैशाख २०८१, शुक्रबार

राष्ट्रिय सभा निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

blog

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रतिवेदन पेश गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया । साथमा निर्वाचन आयुक्त । तस्बिरः राष्ट्रपति कार्यालय

काठमाडौं, माघ १४ गते । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणाम सहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाएको छ । 

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार राष्ट्रपति कार्यालयमा पुगेर प्रतिवेदन बुझाउनुभएको हो ।

 निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम प्रमुख आयुक्त थपलियाले राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन बुझाउनु भएको हो । रिक्त १९ सिटका लागि राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते सम्पन्न भएको थियो ।