• १३ साउन २०८१, आइतबार

गर्भवती, सुत्केरीलाई ७० लाख राहत

blog

सांसद सीता कुमारी राना राहत रकम हस्तान्तरण गर्दै । तस्बिर: विशाल सुनार

दुल्लु, माघ १३ गते । गत कात्तिक १७ गते मध्यरात जाजरकोटको बारेकोट गाउँपालिका स्थित रामिडँडा केन्द्रबिन्दु पारेर गएको ६.४ म्यग्नेच्यूटको भूकम्पले  एक सय एक जनाको ज्यान गयो भने भूकम्प पछि मात्र ३६ जनाको अनाहकमा ज्यान गइसकेको छ । हजारौँको सङ्ख्यामा घाइते बने र करौडौको भौतिक संग्रचनामा क्षति भएको छ ।  

चिसो याम झन् बढ्दो छ । हिउँदको कठ्याङग्रिदो जाडोमा दिर्घरोगी, सुत्केरी, गर्भवती,महिला र बालबालिकाहरू बढी जोखिममा छन् । बसेको घर तहसनहस छ, अन्नपात,लत्ता कपडा,रासनका सबै सामाग्रीहरू केही पुरिए त केही टुटफुटमा परे ।  आफ्नै घर खण्डहर र आफ्नैआँगन बिरानो बनाएको छ भूकम्पले ।  भूकम्पबाट प्रभावित भएका परिवारहरू लाला बाला सहित पालमै बस्न बाध्य सुत्केरी,गर्भवती र दिर्घरोगीहरुका लागि राहत स्वरूप नगद १५ हजार उपलब्ध गराइएको छ ।

जाजरकोट जिल्लाको सदरमुकामकै ३ नम्बर वार्डमा पर्ने सियाला गाउँकी गीता सुनार भूकम्प पीडित गर्भवती महिला हुन् । टहराकै बसाइँका दौरान आफ्नाे दुई वर्षीय छोरा निमाेनियबाट ग्रसित भएपछि उपचार गराएर भर्खरै फर्किनु भएको हो । नजिकिँदै गरेको पर्व र परदेशबाट फर्किएका श्रीमान् सँग खुशियाल जीवन बिताउँदै आउनुभएकी सुनारको लागि भूकम्प प्रलय जस्तै बन्यो । सुनार परिवार अहिले पालमा कष्टकर समय काट्दै छ । गीता भन्नुहुन्छ “छोरालाई निमोनियाको सङ्क्रमण, रोजगारी गुमेको श्रीमान् र दुई जीउ सहित टहराको बसाई काल काट्नु जस्तो छ । ”साथै “ के खाऊ ?के लाऊ ?कसरी बसौँ भन्ने सकस भएको बेला नगद सहयोग पाउँदा सामान्य समस्या टर्ने छ ।” 

गीताकै जस्तै पिडादायी अनुभव सियाला गाउँकै भविता केसीको पनि छ । “ दश दिनकै सुत्केरी थिए, भूकम्पले उठिबास लगायो ।” सानो अबोध शिशु सहित पालमा बस्नु सानो सकस छैन उहाँलाई ।  आफु र काखको बाबुलाई समेत चिसोबाट जोगाउनु चुनौतिर्पू छ ।” यस्तो अवस्थामा पाइने राहतले कम्तीमा आफूले चाहेको खान,लाउन पाइने भन्नेमै खुसी भएको बताउनुभयो । 

उता तिन महिनाको सुत्केरी रहेकी सुनितालाई अझै पनि भूकम्प आइरहेछ कि भन्ने भान हुन्छ । “न घर भित्र गएर बस्न सकिन्छ न बाहिर पालामानै धेरै बस्न सकिन्छ ।” जनजनको मनमा भूकम्पले बास गरेको छ ।  भूकम्पले धर्ती मात्र हैन् जन जनको मनलाई समेत बेस्सरी हल्लाएर राखिदिएको छ । त्यसैमा पनि हरेक दिन पत्रपत्रिकामा,रेडियोमा आउने मृत्युको खबरले डरले भरिएको मन खाली हुन सकेको छैन ।

बस्दै आएको घर नै उजाड बनेपछि पाल र टहरामा झरेको हरेक भूकम्प पीडितहरूको लागि सानो राहतले पनि साहस थपेको पीडितहरू बताउनुहुन्छ ।  भूकम्प गएकै पहिलो दिनबाट राहत र उद्धारमा सक्रिय रहेको डिसिय नेपालको सहयोगमा सामाजिक सेवा केन्द्र नामक गैर सरकारी संस्थाले उपलब्ध गराएको हो । 

 जाजरकोटको भेरी नगरपालिका वार्ड न १,३का गर्भवती ६ महिना सम्मको सुत्केरी र दिर्घरोगी गरि कुल २सय ६० जना र पश्चिम रुकुम जिल्ला आठबिसकोट नगरपालिका १३ र १४ वार्डका २०० जना गरि कुल ४ सय ६० जनालाई नगद १५ हजारका दरले ७० लाख बराबरको नगद सहयोग प्रदान गरिएको छ । प्रतिनिधि सभा सदस्य  सीता कुमारी राना र प्रदेश सभा सदस्य बिजया बुढाको उपस्थितिमा बैङ्क मार्फत नगद प्रदान गरिएको हो । 

बढ्दो चिसो यामले अधिकांश गर्भवती,सुत्केरी,दिर्गरोगीहरुलाई पालको बसाई क्षण क्षणको मराई जस्तो छ । त्यसै माथि हरेक दिन जस्तै आउने भूकम्प पीढीहरूको मृत्युको खबरहरूले बिच्छिप्त विडम्बना भूकम्पको कहरबाट बाच्न सफल भए पनि पाल र टहराको बसाई समेत भरपर्दो नहुँदा चिसोकै कारण ३६ जना ज्यान गई सकेको छ भने त्यसमा पनि २ जना सुत्केरी महिलाहरूको रहेको छ । 

Author

विशाल सुनार