नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय लगत्तै टिकटक हटाउन दिएको निर्देशन पालना नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ।
पोखराको फेवातालमा साइकल बोर्डमा सयर गर्दै विदेशी पर्यटक ।
पाल्पाको रामपुर नगरपालिका –५ स्थित राङभाङका व्यवसायी रुद्रनारायण श्रेष्ठ र लक्ष्मी श्रेष्ठले उत्पादन गरेको झिनियाँ । तिहार पर्व अर्थात् भाइटीकाका लागि यहाँ उद्योगबाटै धमाधम झिनियाँ बिक्री भइरहेको छ ।
नेपाली मौलिक संवत् नेपाल संवत ११४४ को अवसरमा नेपालगन्जमा शुभकामना आदानप्रदानसहित मोटरसाइकल र्याली निकालिएको छ ।
हरेक वर्ष तिहारको समयमा फूलको माग बढ्दै गएपछि बाँके जिल्लाका युवाले तिहार लक्षित व्यवसायीक फूल खेती गरेका छन्।
विजलपुरा–जनकपुरधाम–जयनगरसम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा अगामी मङ्सिर १ गतेदेखि हालको समयतालिकामा परिवर्तन गरिएको छ ।
बागलुङ नगरपालिका–१ रामरेखामा चर्दै गरेका मुस्ताङी च्याङ्ग्रा । दसैँमा बिक्रीका लागि मुस्ताङबाट ल्याइएका च्याङ्ग्रा तिहारसम्म बिक्री नभएको च्याङ्ग्रा व्यापारीको गुनासो छ ।
नेपाल संवत ११४४ का अवसरमा बेनीमा प्रभातफेरी र शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । नेपाल भाषा मंकाःखलः म्याग्दीको आयोजनामा बेनी बजारमा मंगलबार प्रभातफेरी गरिएको हो ।
नेपालगन्जमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ ।
मुगुको छायाँनाथ रारा नगरपालिका –१० जिउँला गाउँमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । दुई घरमा आँशिक क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटले तिहारलक्षित सुरक्षा प्रभावकारी बनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख अर्जुन केसीले चाडपर्व लक्षित सुरक्षा योजनाअनुसार गाउँमा गस्ती बढाएको बताउनुभयो ।
बाँके खजुराकी महिला उद्यमी अरुणा गुरुङ सिभिल इन्जिनियरिङको विद्यार्थी हुनुहुन्छ । गुरुङले नेपालगञ्जको नेशनल इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा डिप्लोमा कोर्ष उत्तीर्ण गर्नुभएको छ ।
गुल्मीका किसान यतिबेला धान स्याहार्न व्यस्त देखिएका छन् । साउन महिनामा रोपेको धान सबै मिलेर काट्ने, धान झार्ने, धानको पराल र धानलाई व्यवस्थित गर्न यहाँका किसानहरु निकै व्यस्त भएका हुन् ।
हिल्सादेखि किट क्षेत्रमा स्थापना गरिएका नेपाल र चीनको सीमाक्षेत्रका सीमास्तम्भहरुको दुई देशका सुरक्षाकर्मीद्वारा संयुक्त अनुगमन गर्ने काम भएको छ । दुवै देशका सुरक्षाकर्मीको उपस्थितिमा सीमा स्तम्भको अवस्था बारेका संयुक्त रुपमा जानकारी लिन अनुगमन गरिएको हो ।
सीमा क्षेत्रबाट अबैध रुपमा नेपाल भित्र्याइएको प्रतिबन्धित विस्फोटक पदार्थहरु प्रहरीले बरामद गरी नष्ट गरेको छ ।