नेपालगन्जमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ ।
मुगुको छायाँनाथ रारा नगरपालिका –१० जिउँला गाउँमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । दुई घरमा आँशिक क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटले तिहारलक्षित सुरक्षा प्रभावकारी बनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख अर्जुन केसीले चाडपर्व लक्षित सुरक्षा योजनाअनुसार गाउँमा गस्ती बढाएको बताउनुभयो ।
बाँके खजुराकी महिला उद्यमी अरुणा गुरुङ सिभिल इन्जिनियरिङको विद्यार्थी हुनुहुन्छ । गुरुङले नेपालगञ्जको नेशनल इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा डिप्लोमा कोर्ष उत्तीर्ण गर्नुभएको छ ।
गुल्मीका किसान यतिबेला धान स्याहार्न व्यस्त देखिएका छन् । साउन महिनामा रोपेको धान सबै मिलेर काट्ने, धान झार्ने, धानको पराल र धानलाई व्यवस्थित गर्न यहाँका किसानहरु निकै व्यस्त भएका हुन् ।
हिल्सादेखि किट क्षेत्रमा स्थापना गरिएका नेपाल र चीनको सीमाक्षेत्रका सीमास्तम्भहरुको दुई देशका सुरक्षाकर्मीद्वारा संयुक्त अनुगमन गर्ने काम भएको छ । दुवै देशका सुरक्षाकर्मीको उपस्थितिमा सीमा स्तम्भको अवस्था बारेका संयुक्त रुपमा जानकारी लिन अनुगमन गरिएको हो ।
सीमा क्षेत्रबाट अबैध रुपमा नेपाल भित्र्याइएको प्रतिबन्धित विस्फोटक पदार्थहरु प्रहरीले बरामद गरी नष्ट गरेको छ ।
बाँकेको खजुरा गाउँपालिका-४ ईगाउँ २४ नम्बरका ईश्वर बुढाक्षेत्री उमेरले ८० वर्ष पूरा हुनुभयो ।
बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत १५ किलोमिटर सडकमा टाइम कार्ड लागू गरिएपछि सडक दुर्घटनामा कमी आएको छ ।
तनहुँको एक पालिकाको कृषकले उत्पादन गरेको फूल कतार निर्यात भएको छ । आँबुखैरेनी गाउँपालिकाका कृषकले उत्पादन गरेको सयपत्री फूल कतार निर्यात भएको हो ।
मोरङको उर्लाबारी –६ सीमाना बस्तीका २३ वर्षीय किशोर धीरेन्द्र ढुङ्गेल कानेपोखरी –७ को जङ्गलमा मृत भेटिएका छन् ।
मोरङको उर्लाबारी –२ कटहरेमा सोमबार राति फेरि आगलागि भएको छ । राति साढे ११ बजे स्थानीय तुलबहादुर महतको घरमा आगलागी भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लनमिछानेले इतिहासको सम्मान गर्न नसक्ने राष्ट्र र समाजको भविष्य उज्यालो हुन नसक्ने बताउनुभएको छ । मंगलवार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरले चर्काे आवाजमा मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लङ्घन गर्ने एक दर्जन बढी मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।
नवीकरणीय ऊर्जा क्षमतामा रेकर्ड वृद्धिले बढ्दो मागलाई पूरा गर्न पर्याप्त भएकाले सन् २०२४ मा चीनको कार्बन उत्सर्जनमा कमी आउने सम्भावना रहेको एक नयाँ विश्लेषणले पत्ता लगाएको छ ।