कतारमा रहेको नेपाली दूतावासले आउँदो मङ्गलबार अर्थात् वैशाख १२ देखि श्रम स्वीकृति सेवा प्रदान गर्ने भएको छ । सरकारले विदेशमा रहेका नेपाली दूतावासबाट पनि श्रम स्वीकृति सेवा प्रदान गर्ने निर्णय गरेसँगै सो सेवा प्रदान गर्ने दूतावासले जनाएको छ । दूतावासले दैनिक ५० वटासम्म श्रम स्वीकृतिको टोकन खुलाउने विज्ञप्तिमार्फत जानकारी गराएको छ । कतार दूतावासको यो तयारीसँगै करार अवधि सकिएपछि पुनः श्रम स्वीकृतिका लागि स्वदेश आउनुपर्ने बाध्यता हटेको छ । सरकारले केही महिनाअगाडि मन्त्रीस्तरीय निर्णय गर्दै श्रम गन्तव्य देशबाट श्रम स्वीकृतिको व्यवस्था गर्ने घोषणा गरेको थियो । दूतावासबाट श्रम स्वीकृति बढीमा दुई पटकसम्म लिन पाइने व्यवस्था श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ ।
कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले मुस्लिम समुदायको इद [इदउल फित्र] पर्वको अवसरमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभएको छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन अवधिको गतिविधि निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गर्न विशेष व्यवस्था गरेको जनाएको छ। प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन २०८० का लागि जारी निर्वाचन आचारसंहिता २०७९ मा भएको व्यवस्थाबमोजिम मतदान हुने दिन यही वैशाख १० गते आइतबारभन्दा ४८ घण्टा अघि (२०८० वैशाख ७ गते बिहीबार राति १२ बजे)देखि मतगणनाको काम सम्पन्न नभएसम्म प्रचार–प्रसार गर्न निषेध गरेको आयोगले शुक्रबार विज्ञप्तिमार्फत जनाएको छ।
हिमाली तथा पहाडी क्षेत्रलाई प्राथमिकता दिइएकाले ती क्षेत्रमा पाठ्यपुस्तक पुग्ने क्रम जारी छ । कर्णालीका अधिकांश विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाइसकेका छन् । विगतमा पाठ्यपुस्तक अभाव हुँदा सबैभन्दा बढी गुनासो हिमाली क्षेत्रमा हुने गथ्र्याे । यस पटक भर्ना भएकै दिनमा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुगेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको ७५औँ स्थापना दिवसका अवसरमा नेपालका कम्युनिस्ट पार्टीहरूले शनिबार विविध कार्यक्रम आयोजना गर्दै छन्। कम्युनिस्ट पार्टीका लागि हालसम्मको यात्रा भने खासै सुखद रहेन। २००६ मा पुष्पलाल श्रेष्ठलगायतले स्थापना गर्नुभएको कम्युनिस्ट पार्टीमा फुटको शङ्खला अझै पनि रोकिएको छैन। टुटफुटले कम्युनिस्ट पार्टीलाई मात्रै नभएर सिङ्गो आन्दोलनलाई पछि पारिरहेको कम्युनिस्ट आन्दोलनमा लागेका ज्येष्ठ कम्युनिस्ट नेताहरूको दाबी छ। पाका कम्युनिस्ट नेताहरू नेपालमा कतिवटा कम्युनिस्ट पार्टी छन् भन्ने सङ्ख्या यकिन नरहेको दाबी गर्ने गरेका छन्।
झापा जिल्लाको दमकमा निर्माणाधीन भ्युटावरको निर्माण र सञ्चालनबारे महालेखा परीक्षकको कार्यालयले तीन वर्षदेखि लगातार प्रश्न उठाउँदै आएको छ । आर्थिक वर्ष २०७५/७६ मा निर्माण सुरु भएको भ्युटावर निर्माण कार्य समयमा नसकिएको भनी आव २०७६/७७ को प्रतिवेदनदेखि नै महालेखाले प्रश्न उठाएको हो ।
‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ ।
बाँकेको विभिन्न पालिकामा भएको आगलागीबाट प्रभावित परिवारलाई स्थानीय तह र नेपाल रेडक्रसले खाद्य र गैरखाद्य राहत सामग्री वितरण गरेको छ ।
प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ।
कर्णाली, गेरुवा र मोहना नदीमा डल्फिनको अध्ययन गरिदैंछ। तरङ्ग रेकर्ड गर्ने पेसिब मेसिन प्रयोग गरेर स्वच्छ जलीय जीव डल्फिनको अध्ययन गर्न लागिएको हो।
हेटौँडाका खाद्यान्न पसलबाट बिक्री हुँदैआएको चामलका बोरामा तोकिएको भन्दा कम तौल भएको खाद्यान्न विक्री भएको भेटिएको छ । हेटौँडा उपमहानगरपालिका –२ स्थित कान्तिलोक पथमा रहेका खाद्यान्नका अधिकृत बिक्रेताहरुले बिक्री गर्दैआएको चामलका बोराहरु पसलमा नै अनुगमन टोलीले तोकिएको तौलभन्दा कम फेला पारेको हो ।
उहाँको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले शुक्रबार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिनुभएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
गुल्मीबाट सुशासनका लागि साक्षरता कार्यक्रम सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालयको सहयोगमा रिपोर्टर्स क्लब नेपालले सो कार्यक्रम सुरु गरेको हो ।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास भइरहेको बताउनुभएको छ।
साहित्य सङ्गम मकवानपुरको आयोजनामा हेटौँडामा दुई दिने साहित्य महोत्सव सुरु भएको छ । शुक्रबारदेखि सुरुभएको हेटौँडा साहित्य महोत्सवमा साहित्यसम्बन्धी विविध रचनात्मक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।