विद्यालय शिक्षा समग्र शैक्षिक गतिविधिको आधारमा रूपमा रहेको हुन्छ । यसैले पाठ्यक्रमलाई समयानुकूल बनाई भविष्यका चुनौतीसमेत सामना गर्न सक्ने दक्ष नागरिक उत्पादन गर्नु पाठ्यक्रमको उद्देश्य बनेको हुन्छ । पाठ्यक्रममा सामयिक सुधार ल्याउनका लागि विद्यालय स्तरीय पाठ्यक्रम परिवर्तनको शृङ्खला यसै वर्षदेखि पूरा भएको छ । कक्षा १–३ मा एकीकृत पाठ्यक्रम र ४ देखि १२ कक्षासम्म विषयगत पाठ्यक्रम कार्यान्वयनको प्रक्रिया यसै वर्षदेखि लागू भएको छ । ५, ८ र १० कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयन गरेसँगै विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गर्ने कामले पूर्णता पाउँदै छ । पुरानो पाठ्यक्रम पाठ्य विषयवस्तुको सूचीजस्तै रहेको सन्दर्भमा अहिले निर्माण गरिएको पाठ्यक्रममा वास्तवमै पाठ्यक्रमका सर्वाङ्गीण पक्षलाई समावेश गरिएको छ ।
एक जना किशोरीले तरकारी किन्ने क्रममा पसलेसँग सोधिन्, “दिदी पैसा कति भयो ?” पसले दिदीले जवाफमा भनिन्, “छयासी रुपियाँ !” किशोरी अल्मिलिइन् । उनको मुखबाट निस्क्यिो, “ह्वाट ! हाउ मेनी रुपिज भयो भनेको ?” पसले दिदीले भनिन्, “छयासी रुपियाँ क्या, एट्टीसिक्स रुपिज ।” तब उनले सयको नोट दिँदै भन्छिन्, “यसबाट एट्टीसिक्स रुपिज कट गरेर रिटन दिनुहोस् ।”
दैनिक जीवनयापन सहज बनाउन राज्यका तर्फबाट नागरिकलाई प्रदान गर्नुपर्ने सेवा विद्युतीय माध्यमबाट प्रवाह गर्न गरिएको व्यवस्थालाई विद्युतीय शासन भनी बुझ्ने गरिएको पाइन्छ । नेपालको संविधानमा “राष्ट्रिय आवश्यकताअनुसार सूचना प्रविधिको विकास र विस्तार गरी त्यसमा सर्वसाधारण जनताको सहज र सरल पहुँच सुनिश्चित गर्ने तथा राष्ट्रिय विकासमा सूचना प्रविधिको उच्चतम उपयोग गर्ने” उल्लेख भएको छ ।
मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले स्थानीय तहका प्रत्येक वडामा मल उद्योग स्थापनासहित आउँदो आर्थिक वर्ष २०८०/८१ को ३१ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। जनकपुरधामस्थित मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वसन्त कुशवाहाले प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन यो नीति तथा कार्यक्रम ल्याउने योजना बनाएको उल्लेख गर्नुभयो। प्रत्येक वर्ष हुने रासायनिक मलको समस्यालाई न्यूनीकरण गर्न प्राङ्गारिक मलको प्रयोगलाई बढावा दिने उद्देश्यले प्रदेशभरिका प्रत्येक वडामा मलको आपूर्ति वितरण प्रणाली व्यवस्थित र सुदृढीकरण गर्दै प्राङ्गारिक मल, जैविक मल तथा भर्मिकम्पोस्टको आन्तरिक उत्पादन र वितरण केन्द्र सञ्चालन गरिने उहाँले बताउनुभयो।
शैक्षिक सत्र सुरु भए पनि खोटाङमा पाठ्यपुस्तक अझै आइपुगेका छैनन्। जिल्लामा सञ्चालित ४९३ वटा सामुदायिक विद्यालयमध्ये हालसम्म दिक्तेल बजारमा सञ्चालित सरस्वती माध्यमिक विद्यालयबाहेक अन्य विद्यालयले अहिलेसम्म पाठ्यपुस्तक पाएका छैनन्। अधिकांश सामुदायिक विद्यालयले दिक्तेल बजारमा सञ्चालित स्टेसनरीसँग नयाँ शैक्षिक सत्रका लागि आवश्यक पाठ्यपुस्तक ढुवानीका लागि सम्झौता गरेका छन्। सरस्वती माविले दिक्तेलमै सञ्चालित ‘खोटाङ हलेसी सप्लायर्स’मार्फत सबै विद्यार्थीका लागि आवश्यक पर्ने पाठ्यपुस्तक खरिद गरेको जनाएको छ।
नयाँ शैक्षिक सत्र २०८० सुरु भएसँगै सरकारले भर्ना अभियान सञ्चालन गरेको छ। ‘समयमै भर्ना समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने मूल आदर्श वाक्यका साथ सामुदायिक विद्यालयमा सञ्चालन गरिएको भर्ना अभियानसँगै विद्यालयहरूले बालबालिकालाई कक्षाअनुसारको नयाँ पाठ्पुस्तक पनि वितरण गरेका छन्।
निर्माता रामकृष्ण पोखरेलको नयाँ लघु चलचित्र ‘द साइलेन्ट इको’ भारतीय क्रिटिक्स च्वाइस अवार्ड २०२३ मा उत्कृष्ट चलचित्र घोषणा भएको छ । नेपाल, भारत, बङ्गलादेश र फ्रान्सको संयुक्त निर्माणमा तयार भएको चलचित्रले उत्कृष्ट चलचित्रसँगै, उत्कृष्ट छायाङ्कनको पनि अवार्ड पनि हात पारेको छ ।
भक्तपुरको मौलिक कलासंस्कृतिलाई समेटेर तयार पारिएको कला प्रदर्शनी बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा सुरु भएको छ । कलाकार पूर्ण ह्योजुले अहिलेको समयमा कलाकारको आर्थिक अवस्थालाई बलियो बनाउन प्रदर्शनी गरिएको बताउनुभयो । उहाँले भक्तपुरका परम्परागत तथा समसामयिक कलाकारलाई एकै ठाउँमा उभ्याएर कला प्रदर्शनी गरिएको जानकारी दिनुभयो । कलाकार सुन्दर सिङ्ख्वालले प्रदर्शनीमा भक्तपुरका झन्डै ८० प्रतिशत कलाकारलाई समेटिएको बताउनुभयो ।
नेपाल टेलिकमले नेपाल विद्युत् प्राधिकरणलाई एक लाख ५० हजार थान ई–सिम उपलब्ध गराउने भएको छ । प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्न ई–सिम उपलब्ध गराउने सम्बन्धमा दुई संस्थाबीच बिहीबार सम्झौता भएको हो । सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट प्रमुख व्यावसायिक अधिकृत सङ्गीता पहाडी र नेपाल विद्युत् प्राधिकरणको तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक अच्युतबाबु घिमिरेले हस्ताक्षर गर्नुभयो ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आदिवासी जनजाति आयोगले तेस्रो वार्षिक प्रतिवेदन पेस गरेको छ। प्रदेश प्रमुखको कार्यालय हेटौँडामा बिहीबार आयोजित कार्यक्रममा आयोगका सदस्य रीना रानाले आ.व. २०७८/७९ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख शर्मासमक्ष पेस गर्नुभएको हो।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले सहयोग गर्ने बताउनुभएको छ ।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । उक्त प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ ।
बैङ्क तथा वित्तीय संस्थाबाट कुनै पनि सेवा लिनुअघि सोसँग सम्बन्धित सम्पूर्ण सर्त तथा सोबापत लाग्ने सम्पूर्ण शुल्कका बारेमा बुझेर मात्र सेवा लिन नेपाल राष्ट्र बैङ्कले आग्रह गरेको छ ।
जनस्तरबाट जुटेको रकम जुरे पहिरोपीडितलाई वितरण गरिने भएको छ। पहिरोपीडितका नाममा जनस्तरबाट दुई करोड २४ लाख ६६ हजार ६५७ रुपियाँ ८५ पैसा सहयोग जुटेकोमा त्यसबेला पहिरोपीडितलाई रकम नबाँडेर सरकारी खातामा जम्मा गरिएको थियो। वैशाख ५ गते सम्पन्न जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले जुरे पहिरोपीडितको उद्धार, राहत र पुनस्र्थापनाका नाममा सङ्कलन भएको रकम नगदै वितरण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो। २०७१ साउन १७ गते इटिनी पहाड खसेर जुरे पहिरो गएको थियो। उक्त पहिरोमा परी १४२ जनाको ज्यान गएको र १५३ घरपरिवार विस्थापित भएको विपत् व्यवस्थापन समितिको तथ्याङ्क छ।
जाजरकोटमा एक बालक भेरी नदीमा बेपत्ता भएको छ । नलगाड नगरपालिका १० रग्दाका भूपेन्द्र परियार भेरी नदीमा डुबेर बेपत्ता भएको प्रहरी जनाएको छ ।