बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ । गुलरिया नगरपालिका–५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया–६ का २३ वर्षीय बरुण घिमिरेको हत्या गरिएको हो ।
देशकै पहिलो होमस्टे सिरुबारी, धार्मिक पात्र श्रवणकुमारलाई राजा दशरथले बाँण हानेको स्थल लगायतका प्रख्यात पर्यटकीयस्थल आँधीखोला गाउँपालीकामा पर्छ । त्यहाँस्थित माझुभञ्ज्याङमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्नेगरेको छ ।
जासुसी गरेको आरोपमा १२ वर्षको जेल सजाय सुनाइएका आफ्ना नागरिकलाई रिहा गर्न जापानले चीनसँग आग्रह गरेको टोक्योका वरिष्ष्ठ सरकारी प्रवक्ताले सोमबार बताउनुभएको छ ।
सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याएको आठ अर्ब २५ करोड रुपियाँ भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणका खर्च गर्ने गरी विपद् व्यवस्थापन कोषमा सार्ने निर्णय गरेको छ ।
जलविद्युत उत्पादनका लागि पछिल्लो समय निकै महत्वपूर्ण देखिएको हिमाली जिल्ला म्याग्दीभित्र निर्माणाधीन जलविद्युत आयोजनामा काम गर्ने २१ जना मजदुरहरुको ज्यान गएको छ ।
मोरङको उर्लाबारी –७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुन पसलमा भएको आगलागीमा परी २८ जना घाइते भएका छन् । सोमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
तराईवासीका बस्ती र घर आँगनमा छठका गीतहरु गुञ्जिन सुरु भइसकेका छन् । बस्तीका घर आँगन समेत सजिसजाउ भएका छन् ।
उत्तरकाशीमा भत्किएको निर्माणाधीन सुरुङस्थलमा उद्धार कार्य दोस्रो दिनमा प्रवेश गरेको छ । सुरुङभित्र ४० जना कामदार फसेका छन् ।
खाद्य व्य वस्था तथा ब्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाको खाद्यान्न गोदाम रित्तो भएको छ । अघिल्लो आर्थिक वर्षको खाद्यान्न मौज्दात नभएको र चालु वर्षको निर्धारित कोटाको खाद्यन्न हालसम्म ढुवानी हुन नपाएपछि गोदाम रित्तो भएको बताइएको छ ।
बाँकेको नेपालगन्ज र कोहलपुरमा प्रहरीले प्लाष्टिक माला बिक्रीमा रोक लगाएको छ । तर बजारमा खुला रुपमा प्लाष्टिकका माला बिक्री भइरहेको छ ।
पर्वतको कुश्मानगरपालिका एक कृषक आफ्नो हजुरबादेखि सुरु गरिएको रैथाने काय जातिको भेडापालन व्यवसायलाई गतिलो आम्दानीको स्रोत बनाउँदैआएका छन् ।
आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका ४ कमलडाँडाका महेन थापा मगरको मृत्यु भएको छ ।
उच्च शिक्षा अध्ययन र रोजगारीका लागि विदेश जाने युवाहरुको लर्को लगेका बेला यहाँको एक विद्यालयले जग्गा भाडामा लिई व्यवसायिक रुपमा पुष्प खेती गरी आम्दानीको स्रोत बढाएको छ ।
चार वर्षदेखि बन्द रहेको मुस्ताङको कोरला नाका आज (सोमबार)देखि नियमित रुपमा सञ्चालनमा आएपछि माथिल्लो मुस्ताङमा उत्साह छाएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टोलीका तीन जना खेलाडीलाई १६ लाख रुपियाँ पुरस्कार दिने घोषणा गरेको छ ।