• १० असार २०८२, मङ्गलबार

विद्यालयमा तीन दिन बिदा गर्न आग्रह

blog

काठमाडौँ, वैशाख ८ गते । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन क्षेत्रमा रहेका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । 

मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय काम सञ्चालन गर्न वैशाख ८, ९ र १० गते तीनवटै निर्वाचन क्षेत्रका विद्यालयमा सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गर्ने समितिको बैठकले निर्णय गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभएको छ । बारा निर्वाचन क्षेत्र नं. २, चितवन निर्वाचन क्षेत्र नं. २ र तनहुँ निर्वाचन क्षेत्र नं. १ मा उपनिर्वाचन हुँदै छ । 

समितिका संयोजक एवं निर्वाचन आयुक्त सगुनशमशेर राणाको अध्यक्षतामा बुधबार बसेको बैठकले मतदान स्थल तथा केन्द्र तोकिएका सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवं भौतिक संरचना मतदान प्रयोजनका लागि उपयोग गर्न स्थानीय तहलाई आग्रह गर्ने निर्णय गरेको छ ।