जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको दोलखा महोत्सवको तयारी तीव्र पारिएको छ । दोलखा चेम्बर अफ कमर्सको आयोजनामा फागुन १९ देखि २७ गतेसम्म महोत्सवको चल्नेछ ।
राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ तीन दिनसम्म मनाइने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सबै आयोग, विभाग, प्रतिष्ठान, जिल्ला समन्वय समिति र स्थानीय तहलाई परिपत्र गर्दै प्रजातन्त्र दिवस तीन दिनसम्म मनाउन भनेको हो ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको ‘जनकपुरधाम व्यापार मेला–२०७९’ आज शुक्रबारदेखि सुरु भएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला सुरु भएको हो ।
बेथितिहरूमा सुधारका लागि स्वास्थ्य क्षेत्रमा शल्यक्रियाको आवश्यकता महसुस हुन्छ ।
सभामुख देवराज घिमिरेले राजनीतिक विसङ्गतिलाई हटाएर संसद्लाई सही ढङ्गले सञ्चालन गर्न आफूले भूमिका निर्वाह गर्ने बताउनुभएको छ । बिर्तामोड नगरपालिकाद्वारा यहाँ आयोजित सम्मान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीले सुदूरपश्चिमलगायत देशका जनताले काम गर्न बिदेसिनुपर्ने दिनको छिट्टै अन्त्य गरिने बताउनुभएको छ ।
न्युजिल्यान्डको उत्तरी टापुमा यस साता आएको चक्रवात ‘ग्याब्रिएल’का कारण आएको बाढी र पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । चक्रवात र यसका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा तीन हजार ५०० भन्दा बढी बेपत्ता भएका छन् ।
मानव अधिकार तथा शान्ति समाजको २४ औँ र २५ औँ राष्ट्रिय परिषद् बैठकद्वारा पारित नीति कार्यान्वयन सम्बन्धमा देशव्यापी अभियान प्रारम्भ भएको छ ।
नेपाल र मलावी गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको सङ्ख्या १७८ पुगेको छ ।
महाशिवरात्रि पर्व मनाउन भारतलगायत विभिन्न देशबाट नागा बाबाहरु पशुपतिनाथ मन्दिर परिसर आइपुगेका छन् ।
बुटवलमा चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ सुरु भएको छ । प्रतियोगिताको बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा उद्घाटन गर्नुभयो ।
सन् २०२१ को तुलनामा सन् २०२२ मा हङकङको जनसङ्ख्या घटेको छ । सन् २०२१ को अन्त्यमा ७४ लाख एक हजार पाँच सय रहेको यहाँको जनसङ्ख्या गत वर्षको अन्त्यमा शून्य दशमलव नौ प्रतिशतले घटेको हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले जनाएको छ ।
ग्यास आगलागीको जलनमा परेका प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीलाई उपचारका लागि भारत लगिएको छ । उहाँको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार सुरु भएको छ । बुधबार राति आफ्नै निवासमा ग्यास चुहावटका कारण जल्नुभएकी उहाँकी आमा हरिकला भण्डारीको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।
दासदासी जीवनबाट मुक्त भएका कमैया, हलिया, कम्लरी र हरवाचरवा प्रथाबाट पीडितहरूले सरकारले मुक्त घोषणापछि पुनः स्थापनामा ठोस पहल नगरेको आरोप लगाएका छन् । फरक–फरक समयमा आफूहरू मुक्तिको घोषणा भए पनि जीवन निर्वाहको विषयमा सरकारले ठोस पहल नलिएको उनीहरूको सामूहिक गुनासो छ ।
सप्तरीको बलान विहुल गाउँपालिका वडा ३ कि सोसिता दासलाई कथित बोक्सीको आरोपमा स्थानीयहरूले निर्घात कुटपिट गरेका छन् ।