• १३ साउन २०८१, आइतबार

मन्त्री भण्डारीद्वारा दैजी-छेला औद्योगिक क्षेत्रको निरीक्षण

blog

उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारी दैजीछेला औद्योगिक क्षेत्रको निरीक्षण गर्नुहुँदै । तस्बिर : लक्ष्मण पन्त

लक्ष्मण पन्त

महेन्द्रनगर, फागुन ५ गते । नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीले सुदूरपश्चिमलगायत देशका जनताले काम गर्न बिदेसिनुपर्ने दिनको छिट्टै अन्त्य गरिने बताउनुभएको छ । कञ्चनपुरको वेदकोट नगरपालिकाको छेलामा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा शिलान्यास गरिएको दैजी-छेला औद्योगिक क्षेत्रको निरीक्षण पश्चात् वेदकोट नगर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको अन्तर्क्रिया आज उहाँले निरीक्षण गर्नुभएको हो ।

उहाँलेभन्नुभयो, ‘हामीले सुख्खा बन्दरगाहलाई अगाडि बढाइसकेका छौ, दैजी-छेला औद्योगिक क्षेत्रको कार्यालय फागुन ८ गते स्थापना गरी काम अगाडि बढाउँदै छौ, छेला औद्योगिक क्षेत्र विस्तारका लागि ५ अर्ब रकम अर्थ मन्त्रालयसँग मागेर काम अगाडि बढाउँदै छौ ।” अत्तरियामा जडीबुटी प्रशोधन केन्द्र स्थापनाको काम अगाडि बढेको उहाँले बताउनुभयो ।  कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र घोषणा गरी काम अगाडि बढाइएको उहाँले बताउनुभयो । 

‘महाकाली कोरिडोरलाई अगाडि बढाउँदछौ, चिकित्सा विश्वविद्यालय अगाडि बढाउँदछौ’ मन्त्री भण्डारीले थप्नुभयो, ‘रामारोशनमा औद्योगिक क्षेत्र, गौरीफन्टा नाकाको स्तरोन्नतिलगायतका कामहरू सुदूरपश्चिममा मात्र नभई देशभरी नै अगाडि बढेकाले अब सुदूरपश्चिम मात्रै होइन, देशका जनताले काम गर्न बाहिरिनुपर्ने दिन सकिने छ ।’ 

दैजी-छेला क्षेत्रमा मात्र १ सयभन्दा माथि सङ्ख्यामा उद्योगहरू स्थापना हुनेहुँदा त्यसमा धरै रोजगारीको सिर्जना हुने मन्त्री भण्डारीले चर्चा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अघिल्ला सरकारहरूले घोषणा गरेका हुन् या अहिले घोषणा भएका हुन् वा अब घोषणा हुने विकास निर्माण तथा रोजगारी सिर्जना गर्ने कामका लागि सरकारले तीव्र गतिमा काम गरिरहेको छ ।’