सप्तरी सदरमुकाम राजविराजका कलेज, विद्यालय वरपर अवैध मदिरा पसल सञ्चालन भइरहेका छन् । यसले समाज र विद्यार्थीमा नकारात्मक असर पर्ने गरेको स्थानीयले गुनासो गरिरहेका छन् ।
अनेरास्ववियुको अध्यक्ष पदमा समिक बडाल निर्वाचित हुनुभएको छ । बडाल ९६५ मतसहित विजयी हुनुभएको हो ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–६ पर्यटकीय स्थानमा फोहोरमैला व्यवस्थापन प्रणाली घर निर्माण गरिएको छ । नेपाल पर्यटन बोर्ड र साँगुरीगढी गाउँपालिका धनकुटाको संयुक्त लागत साझेदारीमा पर्यटकीय स्थानमा निस्कने फोहोर व्यवस्थापन गर्न फोहोर व्यवस्थापन प्रणाली घर निर्माण गरिएको हो ।
लुङरुपा आयुर्वेद औषधालयले फिदिम नगरपालिका भित्रका विद्यालयमा आयुर्वेद र योग शिक्षा सम्बन्धी प्रशिक्षण सुरु गरेको छ । फिदिम नगरपालिकासँगको सहकार्यमा औषधालयले वडा नम्बर ११ को कालिका मावि बाबुङगाबाट बिहीबारदेखि योग प्रशिक्षण सुरु गरेको हो ।
मोरङको उर्लाबारी–६ मा आठ वर्षअघि निर्माण सुरु भएको उर्लाबारी बसपार्कमा तीन तहका सरकारको आँखा नपरेपछि जग्गादाताले नै बसपार्कको जग्गा अतिक्रमण गर्न थालेका छन् । उर्लाबारी गाउँ विकास समिति छँदै निर्माण सुरु भएको बसपार्क नगरपालिका बनेपछि जनप्रतिनिधिको एक कार्यकाल सकिएर नयाँ जनप्रतिनिधि आउँदासम्म पनि बसपार्क अझै ज्युँका त्यँछ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा सर्वसाधारणले हात्तीपाइलेको औषधि सेवन नगरिदिँदा हात्तीपाइले रोग नियन्त्रण अभियान सफल हुन सकेको छैन । विक्रम संवत् २०६७ देखि बाँकेमा हरेक वर्ष
बचतकर्तालाई रकम दिन नसकेपछि तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष अनिता गौतम र सचिव सविता न्यौपानेलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । सञ्चालक समितिका अध्यक्ष केदारनाथ शर्मा भने सम्पर्कविहीन हुनुभएको छ ।
पाल्पा अस्पतालका लागि नयाँ भवन बनाउन पहल गरिएको डेढ वर्ष बिते पनि मूर्त रूप लिन सकेको छैन । भवन निर्माण गर्न जग्गा टुङ्गो लाग्न नसक्दा करिब एक सय वर्ष पुरानो भवनबाट सेवा दिनुपर्ने बाध्यता छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकाका विभिन्न ठाउँबाट करिब ८३ लाख रुपियाँको म्याद सकिएका बियर बरामद गरी थप अनुसन्धान थालेको जनाएको छ ।
भौतिक पूर्वाधार, जलस्रोत तथा ऊर्जा राज्यमन्त्री उर्मिला विश्वकर्माले सामाजिक न्यायमा दलित महिलाको पहुँच निकै कम भएको बताउनुभएको छ । राज्यमन्त्री विश्वकर्माले दलित महिला सङ्घ सुर्खेतद्वारा बिहीबार आयोजित ‘सामाजिक
कर्णाली प्रदेश लोकसेवा आयोगमा ४५ जना कर्मचारीको दरबन्दी छ तर अहिले कार्यालयमा ३० जना मात्रै कार्यरत छन् । प्रदेशमा आवश्यक कर्मचारी जनशक्ति सिफारिस गर्ने निकाय प्रदेश लोकसेवा आयोग आफैँ कर्मचारी अभावमा छ । आयोगमै १५ दरबन्दी रिक्त छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको प्रसिद्ध पर्यटकीयस्थल बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’ चौथो संस्करण आजदेखि सुरु हुने भएको छ ।
दिपायल उच्च अदालतले निलम्बित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार रिटमा बहसपछि अदालतले ‘मुद्दाको सुनुवाइ प्रक्रिया जारी रहेकाले तत्काललाई केही गरिरहनु परेन’ भन्ने आदेश गरेको छ ।
धनकुटा बहुमुखी क्याम्पसमा झडप हुँदा दुई विद्यार्थी घाइते भएका छन् । बिहीबार साँझ भएको झडपमा परी घाइते हुनेमा नेपाल विद्यार्थी सङ्घ धनकुटा बहुमुखी क्याम्पसका इकाई सभापति सुवास भण्डारी र सचिव युवराज कार्की रहेका छन् ।
निर्धारित मितिमा भित्तो काट्ने काम सम्पन्न नभएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः १५ दिन दैनिक चार घण्टा यातायात बन्द गरी काम गर्ने निर्णय गरिएको छ ।