राष्ट्रिय समाचार समिति (रासस) ले गोरखापत्र संस्थानलाई उत्कृष्ट सेवाग्राही सम्मान प्रदान गरेको छ।
इजरायलले आज बिहान यहाँ गरेको क्षेप्यास्त्र आक्रमणमा १५ जनाको मृत्यु भएको छ भने एउटा घर पूर्णरूपमा ध्वस्त भएको छ ।
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंहले देश र जनताको हितका लागि पत्रकारले कलम चलाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति मधेश प्रदेशले आफ्नो ६२ औँ वार्षिकोत्सवको अवसरमा आइतबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रजातन्त्र दिवसको अवसरमा नेपाल-भारत सीमाक्षेत्रको जमुनाह नाकामा सरसफाइ गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेको सहकार्यमा सीमा नाकामा सरसफाइ गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो ।
नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दसौँ बैठकले दुई मुलुकबीचको विद्युत प्रसारण लाइन विस्तार र व्यापार प्रवर्द्धनमा महत्त्वपूर्ण निर्णय गरेको छ ।
गोरखा नगरपालिकामा निर्माण भएका दुई वटा सडकको तस्बिर अहिले भाइरल भएका छन् । बीच सडकमा रहेका विद्युतका पोल नहटाई ढलान गरिएका ती सडकको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो ।
नेकपा एमालेकी उपाध्यक्ष एवम् बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजनीतिक दलका नेतामा ठेकेदारी प्रथा कायम रहेकाले अपेक्षाकृत जनताको पक्षमा काम हुन नसकेको बताउनुभएको छ ।
२०५६ देखि वैदेशिक रोजगारीमा विभिन्न देशहरूमा पुगेर २०७३ मा नेपाल फर्केपछि वीरबहादुर चन्दले कालीगण्डकी रिसोर्ट सुरु गर्नुभयो । चन्दले लामो वैदेशिक यात्रापछि बेनी–जोमसोम सडकखण्ड अन्तर्गत रघुगंगा गाउँपालिका –३ घुमाउने तालमा कालिगण्डकी रिसोर्ट एण्ड एचवीसी स्वीमिङ पुल प्रालि सञ्चालनमा ल्याउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समाचार समिति (रासस) ले राज्यको एक आधिकारिक सूचना बैङ्कको रूपमा काम गर्न सक्नुपर्ने बताउनुभएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सङ्घीयताको मर्मअनुरूप स्थानीय तहसम्म अनुभूति हुनेगरी कानुन परिमार्जन गर्न लागेको बताउनुभएको छ ।
"प्राचीनकालदेखि गहिरो जरा गाडेर बसेका अन्धविश्वास, कुरीति, विकृति र विभेदहरूलाई उदाङ्गो पारेर अग्रगामी र सभ्यसमाज निर्माणका लागि चलचित्रले महत्त्वपूर्ण भूमिका खेल्छ", उहाँले भन्नुभयो, "भाषा, संस्कार, संस्कृति, गीत, सङ्गीत, कला, साहित्यको संरक्षण र विकास चलचित्र क्षेत्रको योगदान अतुलनीय छ ।"
चार जना सवार एउटा सानो विमान मध्य फिलिपिन्समा दुर्घटना भएको छ । उद्धारकर्मीहरूले उनीहरूको खोजी गरिरहेका नागरिक उड्डयन कार्यालयका एक अधिकारीले बताएका छन् ।
पढाइको सिलसिलामा सदरमुकाम चरीकोट पसेर व्यवसायमा लाग्नु भएका दोलखाको वैतेश्वर गाउँपालिका –८ क्षत्रपाका शान्तबहादुर जिरेलले सञ्चालन गर्नुभएको मासु पसलबाट दैनिक पाँच हजार रुपियाँ आम्दानी गरिरहनुभएको छ ।
बाथले जोर्नीमात्रै नभएर सबै अङ्गमा हानि गर्नसक्छ । अरू रोगले गर्दा मृत्यु हुने सम्भावना बढी हुन्छ तर बाथले हड्डी बाङ्गो हुन्छ । बाथ मुख, आँखा, ढाड शरीरका कुनै पनि अङ्गमा हुन्छ ।
राज्यको आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) को ६२औँ वार्षिकोत्सव समारोह भद्रकालीप्लाजास्थित राससको केन्द्रीय कार्यालयमा सुरु भएको छ ।