थामी भाषा
निर्माण व्यवसायीहरूले समयमै र गुणस्तरीय कार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा ग्याल्पो ल्होसार मनाइन्छ ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले सडक दुर्घटनाबाट हुने अकाल मृत्युबाट नागरिकलाई बचाउन सबैको चासो र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
मकवानपुरको मनहरी गाउँपालिका –४ स्थित मसिनेमा जंगली हात्तीको आक्रमणबाट एक वृद्ध महिलाको मृत्यु भएको छ । स्थानीय ६४ वर्षीया राधा अधिकारीको हात्तीको आक्रमणपछि उपचारको क्रममा भरतपुरस्थित मेडिकल कलेजमा सोमबार मृत्युभएको हो । आज बिहान करेसाबारीमा काम गरिरहेको समयमा हात्तीको आक्रमणबाट गम्भीर घाइते भएपछि उपचारका लागि उहाँलाई हेटौँडा उपमहानगरपालिका –११ स्थित चुरेहिल अस्पतालमा ल्याइएको थियो ।
मधेशको राजधानी जनकपुरधाममा विगत तीन वर्षदेखि लगातार हुँदैआएको ‘जनकपुर साहित्य महोत्सव’ को चौथो संस्करण यस वर्ष पनि हुनेभएको छ । फागुन ११ गतेदेखि महोत्सव शुरु हुने आयोजकले जनाएको छ ।
लामो समयदेखि अलपत्र सडक निर्माणको माग गर्दै स्थानीयवासी तथा सरोकारवाला निकायले सडक डिभिजन कार्यालय दाङको गेटमा धर्नासँगै एक घण्टा तालाबन्दी गरेका छन् । घोराही–तुलसीपुर फोर लेन सडकसँगै अलपत्र अन्य सडकहरू समयमै निर्माणको माग गर्दै स्थानीयवासी, उद्योगी, व्यवसायी लगायतले सडक डिभिजन कार्यालय दाङको गेटमा धर्ना दिएका हुन् ।
सभामुख देवराज घिमिरेले विभिन्न उद्देश्यले गठन भएका आयोगहरूले संसदीय समितिलाई बुझाएको प्रतिवेदनमाथि छलफल गरी प्रतिवेदनले उठान गरेका विषयवस्तु कार्यान्वयन गरिनुपर्ने बताउनुभएको छ ।
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं ६ दाहाँकी १६ वर्षीय वालिका निरु बिक हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । निरुको हत्या भएको १८ महिनापछि दुई जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्ने जिम्मा अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सोमबार केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको जानकारी दिनुभएको हो।
तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोटमा वर्ष ३९ को सन्तबहादुर सुनारले दाउरा प्रहार गरी सोही ठाउँको वृद्धको हत्या गरेका छन् ।
अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपियाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल खरिदका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सो स्रोतमा सहमति दिएको हो ।
बाँकेको पर्यटन कार्यालयका तत्कालीन कार्यकारी निर्देशक दीपकबहादुर बुढाथोकीसहित ६ जनाविरुद्ध एक लाख ५६ हजार ५५३ रुपियाँ भ्रष्टाचार आरोपको मुद्दा दायर भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब कांग्रेस नवीनतम तरिकाले अघि बढ्नुपर्ने बताउनुभएको छ । सोमबार पश्चिम सुर्खेतको पञ्चपुरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यो पटक सबैभन्दा ठूलो पार्टी भएर पनि सत्तामा आफ्नै कमजोरीका कारण पुग्न नसकेको उहाँले बताउनुभयो ।
गुल्मीको मदाने गाउँपालिकाद्वारा सञ्चालित अध्यक्ष कप भलिबलको उपाधि पुरुषतर्फ वडा नं. १, अग्लुङ्ग र महिलातर्फ पुर्कोटदहले वडा नं. ६ ले जितेको छ ।