अमरराज नहर्की
तनहुँ, फागुन ८ गते । तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोटमा वर्ष ३९ को सन्तबहादुर सुनारले दाउरा प्रहार गरी सोही ठाउँको वृद्धको हत्या गरेका छन् ।
सुनार वर्ष ६१ को जितबहादुर घिमिरेलाई सालको दाउराले टाउको समेतको संवेदनशील अङ्गहरूमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँडले जानकारी दिनुभयो ।
सुनारले सोमबार बिहान दाउराले हानी गम्भीर घाइते बनाएकोमा घाइते घिमिरेको चरक मेमोरियल अस्पताल पोखरामा उपचारको क्रममा सोमबार दिउँसो २:०० बजे मृत्यु भएको प्रनाउ खड्काले जानकारी दिनुभयो ।
उक्त घटनामा संलग्न सुनारलाई नियन्त्रणमा लिई सोमबार नै तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।