रमेश विश्वकर्मा
गुल्मी, फागुन ८ गते । गुल्मीको मदाने गाउँपालिकाद्वारा सञ्चालित अध्यक्ष कप भलिबलको उपाधि पुरुषतर्फ वडा नं. १, अग्लुङ्ग र महिलातर्फ पुर्कोटदहले वडा नं. ६ ले जितेको छ ।
आइतबार भएको फाइनल खेलमा अग्लुङ्गले वडा नं. ५, मलागिरीलाई ३–१ को सेटमा हरायो । उपाधिसँगै अग्लुङ्गले ४० हजार रुपियाँ पायो । दोस्रो भएको मलागिरीले ३० हजार रुपियाँ पायो ।
महिलातर्फ वडा नं. ६, पुर्कोटदहले वडा नं. ४ म्यालपोखरीलाई ३–० को सोझो सेटमा हरायो । उपाधिसँगै पुर्कोटदहले २० र उपविजेता म्यालपोखरीले १५ हजार रुपियाँ प्राप्त गरेको छ ।
प्रतियोगितामा मलागिरीका चिरन खड्का र पुर्कोटदहका बिपना श्रेष्ठलाई उत्कृष्ट खेलाडीका रूपमा सम्मान गरिएको छ । प्रतियोगितामा महिला र पुरुषमा सात सात टोलीको सहभागिता रहेको थियो ।