यो वर्षको बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा ४’ को ट्रेलर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पर्न सफल भएको छ ।
७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कपिलवस्तु कारागारमा रहेका १० जना कैदीबन्दी रिहा भएका छन् । कपिलवस्तु जिल्लाका ५ जना, रुपन्देही जिल्लाका ३ जना, चितवनका १ जना र कैलालीका १ जनालाई राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम कैदमुक्त गरिएको गरिएको कपिलवस्तु कारागारका प्रमुख जेलर मनोजकुमार शैनिले बताउनुभयो ।
आगामी वैशाख १० गते चितवन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो ।
ताप्लेजुङस्थित एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको अध्यक्षमा तुलसीप्रसाद विष्ट चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट विष्ट अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति पदमा कांग्रेसकै उम्मेदवार चयन हुने दाबी गर्नुभएको छ । आइतबार सुर्खेतमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।
इङ्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको आर्सनलले जित निकाल्दा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई उसैको मैदानमा ४–२ गोलले हरायो ।
अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरले अतिरिक्त चिकित्सा हस्तक्षेपको सट्टा घरमै अस्पताल हेरचाह प्राप्त गर्ने र आफ्नो बाँकी समय आफ्नो परिवारसँग बिताउन निर्णय गर्नुभएको छ । उहाँ कलेजो र मस्तिष्क रोगबाट पीडित हुनुहुन्छ ।
अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेको बेला उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले शनिबार आफ्नो राजधानीबाट जापानको समुद्रमा लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।
सात महिना कुवेत-भैरहवा अन्तर्राष्ट्रिय उडान गरेको कुवेतको जजिरा एयरलाइन्सले आगामी मार्च ९ गतेदेखि पुनः उडान सुरु गर्ने भएको छ । गत जेठ २ गते विमानस्थल उद्घाटनकै दिनबाट जजिराले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न सुरु गरेको थियो ।
सूर्यविनायक–धुलिखेल सडक चार लेनमा विस्तार हुने भएको छ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक तीन वर्षमा सक्नेगरी ठेक्का सम्झौता भएको हो ।
साबिक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनालाई पछ्याउँदै गरेको छ ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– २ मा पर्ने रसीमा माटोमा पुरिएर दुई कामदार गम्भीर घाइते भएका छन् ।
सुनसरी सदरमुकाम इनरुवामा पहिलो पटक चार सय बढी धावकहरूको सहभागितामा प्रथम इनरुवा दौड प्रतियोगिता सम्पन्न भएको छ । ७३ औँ प्रजातन्त्र दिवसको अवसरमा इनरुवा नगरपालिकाको सहयोग तथा इनरुवा इभेन्ट म्यानेजमेटको आयोजनामा भएको दौड प्रतियोगिताको उपाधि नेपाल प्रहरीका किरन लिम्बुले पाउनुभएको हो ।
जिल्लाको शिवालय गाउँपालिकाको एक सरकारी विद्यालयका शिक्षकले विद्यार्थीलाई कुटपिट गरेपछि विद्यार्थी बेहोस भएका छन् ।
नेपाली महिला राष्ट्रिय फुटबल टोली र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल पनि बराबरीमा सकिएको छ । चेन्नईस्थित जवाहरलाल नेहरु स्टेडियममा शनिबार राति भएको खेलमा नेपाल र भारत गोलरहित बराबरीमा रोकिए ।