• २४ वैशाख २०८१, सोमबार

बार्सिलोनालाई पछ्याउँदै रियल

blog

गोल गरेपछि खुशी मनाउँदै रियलका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, फागुन ७ गते । साबिक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनालाई पछ्याउँदै गरेको छ ।

शनिबार राति भएको खेलमा रियलले ओसासुनालाई उसैको मैदानमा २–० गोलले हरायो । जितसँगै रियलले बार्सिलोनासँगको दुरी पाँछ अङ्कले छोट्याएको छ । 

रियलको जितमा फेडे भाल्भर्डे र मार्को असेन्सियोले गोल गर्नुभयो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा  भाल्भर्डेले ७८औँ मिनेटमा भिनिसियस जुनियरको पासमा खाता खोल्नुभएको थियो ।

त्यसपछि इन्जुरी समयमा असेन्सियोले गोल गर्दै रियललाई जिताउनुभयो । जितसँगै दोस्रो स्थानमा रहेको रियलले २२ खेलबाट ५१ अङ्क बनाएको छ । एक खेल कम खेलेको बार्सिलोना ५६ अङ्कसहित शीर्षस्थानमा छ । पराजित ओसासुना ३० अङ्कसहित १०औँ स्थानमा छ । 

अन्य खेलमा मालोर्काले भिल्लारियललाई ४–२ र रियल बेटिसले रियल भालाडोलिडलाई २–१ गोलले हराएको छ । रियल सोसिडाड र सेल्टा भिगोले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । एजेन्सी