• २४ वैशाख २०८१, सोमबार

आर्सनलले जित्दा सिटीको बराबरी

blog

गोल गरेपछि खुशी मनाउँदै आर्सनलका बुकायो साका । तस्बिर : एएफपी

काठमाडौं, फागुन ७ गते । इङ्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको आर्सनलले जित निकाल्दा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई उसैको मैदानमा ४–२ गोलले हरायो ।

अर्को खेलमा सिटी नटिङहम फरेस्टसँग १–१ गोलको बराबरीमा रोकिएको हो । आर्सनलको जितमा बुकायो साका, अलेक्सान्डर जिनचेन्को र गाब्रियल मार्टिनेलीले गोल गर्नुभयो । आर्सनलले अर्को गोल एस्टनबाट आत्मघाती उपहार पाएको थियो ।

एस्टनका लागि ओली वाट्किन्स र फिलिप कोउटिन्होले गोल गर्नुभयो । जितसँगै शीर्षस्थानमा रहेको आर्सनलले २३ खेलबाट ५४ अङ्क बनाएको छ । पराजित एस्टन २८ अङ्कसहित ११औँ स्थानमा छ । यस्तै दोस्रो स्थानमा रहेको सिटीको ५२ अङ्क छ ।

खेलमा सुरुवाती अग्रता लिएपनि सिटीले जोगाउन सकेन । सिटीका बर्नाडो सिल्भाले गोल गर्नुभयो । नटिङहमका क्रिस वुडले बराबरी गोल फर्काउनु भएको थियो । अर्को खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई २–० गोलले हराएको छ । एजेन्सी