• १३ साउन २०८१, आइतबार

आजको युगमा सूचना र प्रविधि अनिवार्य आवश्यक छ

राससले सरकारको आधिकारिक सूचना बैङ्कको रूपमा काम गर्न सकोस् : प्रधानमन्त्री प्रचण्ड

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार राष्ट्रिय समाचार समिति (रासस)को ६२औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिर: चन्द्रकला क्षेत्री/रासस

काठमाडौं, फागुन ७ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समाचार समिति (रासस) ले राज्यको एक आधिकारिक सूचना बैङ्कको रूपमा काम गर्न सक्नुपर्ने बताउनुभएको छ। आइतबार राष्ट्रिय समाचार समिति (रासस) को ६२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो। 

वार्षिकोत्सवको समारोहमा शुभकामना दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘प्रविधि र आफ्नो क्षमता विकास र विस्तारमा राससको ध्यान जानु आवश्यक छ। अहिले स्वदेशी तथा विदेशी सञ्चारमाध्यमलाई समाचार सेवा प्रदान गर्दै आएको छ । ६ दशकभन्दा पुरानो संस्था राससले राज्यको एक आधिकारिक सूचना बैङ्कको रूपमा काम गर्न सकोस्। प्रतिस्पर्धाको युगमा समय अनुसार आफूलाई अब्बल प्रमाणित गर्न सकोस्।’’

राससले टेलिभिजन र डिजिटल सेवा सुरु गरेकोमा प्रधानमन्त्री प्रचण्डले बधाई दिनुभएको छ। आजको विज्ञान तथा प्रविधिको युगमा सूचना र प्रविधिको विकासले सामाजिक जीवनका सम्पूर्ण आयामलाई समेटेको उहाँको भनाइ छ।  राससले आफ्ना सेवालाई चुस्त दुरुस्त राख्ने क्षमता विकास गर्न सकोस् भन्ने शुभकामना प्रधानमन्त्री प्रचण्डले दिनुभएको छ। 

प्रधानमन्त्री प्रचण्डले शुभकामना दिनुहुँदै भन्नुभयो, ‘‘विश्वमा सूचना प्रविधि प्रत्येक मान्छेको आवश्यकताको विषय मात्र नभएर अनिवार्य आवश्यक भएको छ। विश्वमा भइरहेको सूचना र प्रविधिको विकासलाई हेरेर हामीले पनि अद्यावधिक र परिमार्जित हुनुपर्ने आवश्यकता छ। राससले जतिसक्दो चाँडो नागरिकलाई सूचना दिन नागरिकको सूचनाको हकलाई व्यवस्थित गर्न आफ्ना सेवालाई चुस्त दुरुस्त गर्न सकोस्।’’ 

प्रधानमन्त्री प्रचण्डले कुनै पनि नागरिकलाई सूचना दिनु भनेको लोकतन्त्रप्रतिको आस्था र मौलिक हकको सम्मान गर्नु समान भएको उहाँको भनाइ छ। प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘सूचना ज्ञानको स्रोत हो। कुनै पनि नागरिकलाई सूचनाबाट वञ्चित गर्नु भनेको उनीहरूलाई सम्भावना र अवसरबाट बाट रोक्नु समान हो।’’ 

सरकार पूर्ण प्रेस स्वतन्त्रताका लागि प्रतिबद्ध रहेको उहाँको भनाइ छ।  प्रधानमन्त्री प्रचण्ड, ‘‘जहाँ लोकतन्त्र छ त्यहाँ मात्र प्रेस स्वतन्त्रता सम्भव छ। नागरिकलाई सूचना र शिक्षा दिन प्रभावकारी ढङ्गले अगाडि बढोस् ।’’ विकास र संस्थागत हितका लागि नेपाल सरकारको तर्फबाट अभिभावकत्व र आवश्यक सहयोग रहने विश्वास व्यक्त गर्नुभएको छ । 


यो पनि पढ्नुहोस