गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले गोरखापत्र पत्रिका मात्र नभएर राष्ट्रको गौरव भएको बताउनुभएको छ । गोरखापत्र संस्थानको वितरण विभागमा कार्यरत कर्मचारीहरूको अभिमुखीकरणका लागि शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गोरखापत्रले इतिहास, कला, संस्कृति, सभ्यतालगायत सम्पूर्ण देशको प्रतिनिधित्व गर्दै आएको चर्चा गर्नुभयो । उहाँले अहिले समय परिवर्तन भएको र डिजिटल विश्वसँग
जुन कुरा लुकाउन खोज्छन्, त्यो समाचार हो, जुन कुरा सार्वजनिक गर्न खोज्छन् त्यो केवल विज्ञापन हो । समाचारको यो परिभाषाले नै पत्रकारिता पेसाको महत्त्व र चुनौतीलाई दर्शाउँछ । अन्य पेसाभन्दा पत्रकारिता पेसा जोखिम र चुनौतीपूर्ण पेसाका रूपमा लिइन्छ । नेपाली पत्रकारिताले आफ्नो धार बनाउँदै जाँदा यस चुनौतीपूर्ण पेसामा पत्रकार महिलाको आकर्षण पनि दिनानुदिन बढ्दै गएको छ । पत्रकारिता क्षेत्रमा महिलाको सहभागिता बढ्दै जानुलाई नेपाली समाज रूपान्तरण हुँदै गएको अर्थमा पनि लिन सकिन्छ ।
वि.सं. २०३७ मा भएको जनमत सङ्ग्रहको नतिजाले सुधारिएको पञ्चायती व्यवस्थाको घोषणा गरे पनि शिक्षकको सेवा, सुविधा र अवस्थामा कुनै सुधार हुन सकेन । शिक्षकको सेवा सर्त र सुविधा विद्यालय र स्थानीय तहमा निहीत थियो, कतै एकरूपता थिएन ।
विश्व स्वास्थ्य सङ्गठनद्वारा ‘एयर पोलुसन एन्ड चाइल्ड हेल्थ प्रेस्क्राइबिङ क्लिन एयर’ शीर्षकबाट वायु प्रदूषण एवं बाल स्वास्थ्यबारे तय गरी जारी गरिएको प्रतिवेदन हो । वैश्विक स्तरमा १५ वर्षभन्दा कम उमेरका लगभग ९३ प्रतिशत केटाकेटी प्रत्येक दिन यस्तो हावामा सास फेर्छन्, जुन प्रदूषित हुने गर्छ । यस्तो प्रदूषित वायुले बालबालिकाको स्वास्थ्य एवं विकासमा गम्भीर प्रभाव पार्छ । जसका कारण कैयौँ बालबालिकाको मृत्युसमेत हुने गर्छ । विश्व स्वास्थ्य सङ्गठनको अनुमानअनुसार सन् २०१८ मा छ लाख बालबालिकाको प्रदूषित वायुका कारण हुने सङ्क्रमणका कारण मृत्यु भएको थियो ।
बहुविवाह त सबैले सुनेकै शब्द हो तर धेरैलाई बहुपति प्रथाका बारेमा ज्ञान नहुन पनि सक्छ । यो एक प्रकारको विवाह गर्ने प्रथा हो । हिमाली जिल्लामा लामा समुदायले धेरै पहिलेदेखि नै यो चलनलाई अनुसरण गर्दै आएका छन् । हुम्लामा अहिलेको ११औँ पुस्ताअघिदेखि बहुपति प्रथा
काठमाडौं, जेठ २० गते। प्रतिनिधिसभाको शुत्रबारको दोस्रो बैठकले विनियोजन विधेयक २०७९ माथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री जनार्दन शर्माले “विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस्” भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो।विधेयकको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसद शेरबहादुर तामाङले विनियोजन विधेयकमाथि पुनःविचार गरिनुपर्ने आवश्यकता औँल्याउदै बजेटको सैद्धान्तिक पाटो र कार्यान्वयनको विषयमा स्पष्ट हुनुपर्ने धारणा राख्नुभयो। उहाँले विनियोजनमा अझै नयाँ ढङ्गले सोच्न आग्रह गर्नुभयो। सांसद देवप्रसाद गुरुङले विधेयक समग्रतामा राम्रो ढङ्गले आएकाले सफल कार्यान्वयनको अपेक्षा गर्नुभयो।सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले अर्थ मन्त्रालय आफैंले बजेट नकाट्ने तर मन्त्रालय आफैंले खर्च गर्न नसकेपछि रकमान्तरण गर्नुपरेको स्पष्ट पार्नुभयो। उहाँले विकास र राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनको सम्बन्धमा राष्ट्रिय सहमतिका साथ जानुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो।सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक, २०७९ को विभिन्न मन्त्रालय एवम् सचिवालय अन्तर्गतका विभिन्न शीर्षकमाथि हुने छलफल गर्न र सम्बन्धित मन्त्रीले उठेका प्रश्नको जवाफ दिन यही जेठ २३, २४, २५, २६ र २७ गतेको दिन तोक्नुभएको छ। त्यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुभयो। विधेयकको सैद्धान्तिक छलफलका लागि सहभागी सांसद विन्दा पाण्डे, डिला संग्रौला पन्त, विमला विकलगायतले बोल्नुभएको थियो।यसअघि दोस्रो बैठकको सुरुमा बोल्दै सांसद आशाकुमारी विकले बझाङ शुर्मा गाउँपालिका–१ निवासी सिन्की बोहोरा यार्सागुम्बा टिप्नको लागि लेक गएका बेला धनशेरी हिमालको फेदीमा हिमपहिरोमा पुरिएर वेपत्ता भएकाले बोहोराको उद्धारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधिसभाको अर्को बैठक जेठ २३ गते बिहान ११ बजे बस्नेछ।रासस
हेटौंडा, जेठ २० गते । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा-३ को तीनताप्के भन्ने ठाउँमा कुखुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा बोलेरोका चालकको मृत्यु भएको छ। शुक्रबार दिउँसो बस्तिपुरबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ च ३६२७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई दुर्घटनाग्रस्त हेटौंँडा–६ का ३३ वर्षीय गोपाल दाहालको मृत्यु भएको हो।एकदिन अघि पनि सोही ठाउँ नजीक ट्याक्टर दुर्घटना हुँदा चितवनको रत्ननगर–८ का ३१ वर्षीय सन्दिप अर्यालको ज्यान गएको थियो। हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना २ च २९५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर खोल्सामा पल्टिदा चालक अर्यालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। रासस
व्यास गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामीले व्यास गाउँकार्यपालिका बैठक तिङ्करमै राख्ने बताउनुभएको छ।
काठमाडौं, जेठ २० गते। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले एक हप्ताभित्रै नुवाकोटको सिसडोललाई दुर्गन्धमुक्त बनाउने बताउनुभएको छ। शुक्रबार महानगरपालिकाको टोलीसहित सिसडोल पुग्नुभएका मेयर शाहले यस्तो बताउनुभएको हो। लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको समस्या हल नभएपछि महानगरको नगरप्रमुख शाह र उपप्रमुख सुनिता डंगोलसहितको टोली अवलोकनका लागि शुक्रबार बिहान सिसडोल पुगेको थियो। सिसडोल पुगेको टोलीसँग स्थानीयले गुनासो पोखेका थिए। ‘सिसडोल क्षेत्रलाई हप्तामा गन्ध नआउने गरी केमिकलको व्यवस्था हुन्छ। केमिकल हालिसकेपछि एक हप्ताभित्र गन्ध हटाइन्छ’’, प्रमुख शाहले भन्नुभयो। स्थानीयको समस्या र गुनासो सुनेपछि तत्काल आफूलाई काम गर्ने वातावरण मिलाइ दिन स्थानीय समुदायसँग नगरप्रमुख शाहले आग्रह गर्नुभएको छ। उहाँले भन्नुभयो, “म कुनै पार्टीको मानिस होइन, काम गर्न आएको स्वतन्त्र व्यक्ति हो, मैले काम गर्न कसैसँग साँठगाँठ गर्नुपर्दैन, काम गर्न त दिनुपर्यो, काम गरेको चार दिन मात्र भएको छ, काम गर्न दिएपछि मात्रै काम हुन्छ”, सिसडोलबासीलाई सम्झाउँदै उहाँले भन्नुभयो।काम गर्नलाई सहजीकरण गरी दिनका लागि हिजो (बिहीबार) मात्रै सहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग छलफल गरेको पनि शाहले बताउनुभएको थियो। “काममा सहजीकरण गरी दिन भन्दै हिजो मात्रै गएर छलफल गरेको थिएँ, त्यसैले थाहा पाएँ, आज पनि विद्युत र खानेपानीको मानिसलाई बोलाएको छु,” उहाँले भन्नुभयो। फोहोरबाट गन्ध आएको गुनासोलाई सम्बोधन गर्दै ‘केमिकल’ राखेर गन्ध हटाउने उपाय अपनाउने आश्वासन पनि प्रमुख साहले दिनुभएको छ। छलफलमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच सहकार्य गरेर समस्याको समाधान गर्ने विषयमा छलफल भएको छ। केमिकल हालेर गन्ध हटाउन एक हप्ताको समय लाग्ने भन्दै उहाँले एक हप्तामा गन्ध नआउने बनाउन सकिने र केमिकल हाल्न आउने ट्रकलाई नरोक्न पनि स्थानीय बासीलाई आग्रह गर्नुभएको छ। फोहोरबाट मल बनाउने अर्को एउटा सिस्टम राख्ने र ड्रिल गरेर ग्यास निकाल्ने योजना पनि प्रमुख शाहले सुनाउनुभयो। त्यसका लागि सिसडोलमा होइन काठमाडौंबाटै फोहोर छुट्टिएर आउनुपर्ने र सबै काम गर्न तीन-चार महिनाको समय लाग्ने पनि बताउनुभयो। “फोहोर सिसडोलमा ल्याएर छुट्याउने होइन, काठमाडौं मै छुट्टिएको आउनुपर्छ,” शाहले भन्नुभयो। अबदेखि कुहिने र नकुहिने वस्तु छुट्टयाएर बिसर्जन गर्ने व्यवस्था मिलाउन र त्यसका लागि जनचेतना जगाउने काम गर्ने पनि उहाँको भनाइ छ। “पाँच मिनेट फोहोर छुट्याउन नदिएकाले मानिसले, मानिस मारिरहेको छ,” उहाँले भन्नुभयो। सिसडोलका स्थानीय जनप्रतिनिधि र नागरिक अगुवाले आफूहरुले स्वस्थ्य वातावरणमा बस्न पाउनुपर्ने माग गर्दै प्रहरी प्रशासन लगाएर दमन गरिएको गुनासो पनि प्रमुख शाहसँग पोखेका छन्। मानव र फोहोर एकै ठाउँमा बस्न नसक्ने भएकाले फोहोर वा स्थानीयको उचित व्यवस्थापन हुनुपर्ने माग स्थानीयको छ। त्यसलाई दृष्टिगत गरेर आफूहरुले पनि फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने शाहले बताउनुभएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले दुई थान जरायोको सिङ्गसहित दुई जनालाई पक्राउ गरेको छ । महोत्तरीको महोत्तरी गाउँपालिका–३ वस्ने २० वर्षिय रितेशकुमार पाण्डे र धनुषाको जनकपुर उपमहानगरपालिका–२४ वस्ने २० वर्षिय सोनुकुमार पाण्डेलाई जरायोको सिंङ्गसहित प्रहरीले पक्राउ गरेको हो ।
निर्वाचन आयोगले गाउँ कार्यपालिका र नगर कार्यपालिका निर्वाचन सम्पन्न नभएसम्म जनप्रतिनिधिहरुलाई पार्टीको तर्फबाट कुनै प्रशिक्षण कार्यक्रम नगर्न नगराउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले शुक्रबार आयोगको तर्फबाट विज्ञप्ती जारी गर्नुहुँदै सो आग्रह गर्नुभएको हो ।
धनुषाको दक्षिणी सीमान्त नगरपालिका नगराइनकी ६५ वर्षीया ममता यादवले नाडीमा आफ्नो नामसँगै श्रीमान् प्रमोदको नाम खोपाउनुभएको छ । तीन छोराछोरीकी आमा भइसकेपछि गाउँमै उहाँले नाडीमा श्रीमान्को नाम खोप्नुभएको हो ।
काठमाडौं, जेठ २० गते। सरकारले जेठ २१ गते रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सार्वजनिक बिदा दिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा ललितपुरको जावलाखेल चोकमा भोटो देखाउने कार्यक्रम हुँदैछ। गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शुक्रबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभएको हो। ‘जेठ २१ गते शनिबारका दिन सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा भोटो देखाउने कार्यक्रम हुने भएको छ। उक्त दिन देशभर सार्वजनिक बिदा रहेको छ’’, गृहमन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘‘रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वका रुपमा रहेको छ। यस अवसरमा सबैमा शुभकामनासहित मर्यादित रुपमा उक्त अवसरलाई मनाउन गृह मन्त्रालय हार्दिक अनुरोध गर्दछ।’’
कपिलवस्तुको शिवराज नगरपालिकाले माध्यमिक तह पूर्णरुपले निःशुल्क गर्ने निर्णय गरेको छ । नगरपालिका कार्यपालिकाको बैठकले नेपालको संविधानले सुनिश्चित गरेको निःशुल्क शिक्षा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
सरकारले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकाहरुलाई असार ९ गतेबाट कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।